वेदव्यासको जन्मभूमि दमाैलीमा हिन्दू महामिलन पर्व हुने

0
Quantam abroad studies

पौराणिक इतिहास र आध्यात्मिक शक्ति बोकेको व्यासगुफा परिसर कात्तिक महिना भरि विशेष धार्मिक उत्सवको रंगमा रंगिन तयारीमा छ। वेदव्यासको जन्मभूमि दमौलीलाई विश्वस्तरमा चिनाउने लक्ष्यसहित यहाँ पहिलोपटक “विश्व ॐकार तथा हिन्दू महामिलन पर्व” आयोजना गर्न लागिएको हो। वेद अनुयायी प्रतिष्ठान नेपालले कात्तिक १ देखि ३० गतेसम्म चल्ने यो महिनाभरको पर्वलाई व्यासभूमिको सांस्कृतिक र पर्यटकीय पुनर्जागरणको अवसरका रूपमा प्रस्तुत गरेको छ।

पर्व अघि नै १८ महिनासम्म कथा वाचन, अखण्ड हरिनाम सङ्कीर्तन, १०८ श्रीमद्भागवत ज्ञान महायज्ञ र भूमिपूजन सम्पन्न भइसकेको आयोजकले जनाएको छ। कात्तिक ९ गतेदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुनेछ, जसमा पण्डित कृष्णकान्त काफ्लेले प्रवचन दिनेछन्। संकलित रकम व्यासगंगामा नियमित आरतीका लागि अक्षयकोष स्थापना गर्न प्रयोग गरिनेछ।

sahani furniture udyog

महाभारत, चारवेद र अठार पुराणका स्रष्टा मानिने व्यास ऋषिको तपोभूमि दमौलीलाई पराशर क्षेत्र, शिवपञ्चायन मन्दिर, मत्स्य कुण्ड लगायतका स्थलसँगै एकीकृत धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकसित गर्ने योजना पनि अघि सारिएको छ। करिब ५५ सय वर्षअघि वेदव्यास अवतरित भएको मानिने यो भूमि विसं २०४१ मा योगी नरहरिनाथको धर्मसभाले पुष्टि गरेपछि पनि ओझेलमा परेको थियो। आयोजकहरूका अनुसार यसपटकको पर्वले व्यासभूमिलाई पुनः अन्तर्राष्ट्रिय धार्मिक नक्सामा उजागर गर्ने अपेक्षा गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.