कपिलवस्तुमा भन्सार छलीको प्रयास: किबी र कवाडकाे ट्रकसहित, चालक नियन्त्रणमा

0
Quantam abroad studies

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुको टोलीले भन्सार छली गरी चोरी पैठारी गरिएका विभिन्न सामान र एक जना मानिसलाई पक्राउ गरेको छ।

प्रहरीबाट प्राप्त प्रेस विज्ञप्ति अनुसार, २०८२ असोज २६ गते बिहान ९:३५ बजेको समयमा इलाका प्रहरी कार्यालय कृष्णनगर, कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं. २ यात्रुगेट स्थित नेपालबाट भन्सार छली अवैध रूपमा भारततर्फ पैठारी गर्ने क्रममा बेवारिसे अवस्थामा छाडिएको सामान नियन्त्रणमा लिएको थियो। उक्त सामानमा अन्दाजी रू. १,८५,२५०।– (एक लाख पचासी हजार दुई सय पचास रुपैयाँ मात्र) बराबरको ४४९ के.जी. किबी फलफूल रहेको छ। बरामद किबी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगर बुझाएको छ।

त्यसैगरी, २०८२ असोज २८ गते बिहान ७:१० बजेको समयमा जिल्ला कपिलवस्तु मायदेवी गाउँपालिका वडा नं. ४ स्थित भित्री सडक खण्ड दोहनीबाट गौरतर्फ जाँदै गरेको ना २ ख ९५५२ नं. को ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा बिलबिजक नभएको विभिन्न सामग्रीहरू फेला परेका छन्।

ट्रकबाट बरामद सामानको विवरण:

sahani furniture udyog
  • कवाड (पुरानो प्लास्टिकका टुक्रा): मूल्य अन्दाजी रू. ३,३०,१५०।– (तीन लाख तीस हजार एक सय पचास रुपैयाँ) बराबरको ७३० के.जी.
  • ट्रकको मूल्य: अन्दाजी रू. १,००,०००।– (बाह्र लाख)

सामान र ट्रकको जम्मा मूल्य रू. १५,१५,४०।– (पन्ध्र लाख पन्ध्र हजार एक सय पचास रुपैयाँ) बराबरको रहेको प्रहरीले जनाएको छ।

प्रहरीले ट्रक र सामानसहित चालक सुग्रिम केवट लाई नियन्त्रणमा लिएको छ। जिल्ला रुपन्देही, मायदेवी गाउँपालिका वडा नं. ६ बस्ने वर्ष ४१ का केवटलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रवक्ता/सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंह ले जानकारी दिनुभएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.