“कपिलवस्तु नगरपालिकाले मलखाद वितरणमा पासबुक प्रणाली लागू गर्ने”

0
Quantam abroad studies

कपिलवस्तु, २०८२ कार्तिक २०
कपिलवस्तु नगरपालिकाले किसानहरूलाई मलखाद वितरणमा पारदर्शिता र व्यवस्थितता ल्याउने उद्देश्यले ‘कृषक मलखाद पासबुक’ प्रणाली लागू गर्ने भएको छ।

नगरपालिकाको कृषि विकास शाखाले जारी गरेको सूचनाअनुसार किसानहरूको गुनासोका कारण मलखाद वितरण कार्यमा अनियमितता देखिएको भन्दै अबदेखि सबै वितरण कार्य पासबुकको माध्यमबाट गरिने उल्लेख गरिएको छ।

यस प्रणाली अन्तर्गत प्रत्येक कृषकले आफ्नो विवरणसहित पासबुक कार्ड प्राप्त गर्नुपर्नेछ। सो कार्डबिनाको कृषकलाई मलखाद वितरण नगरिने र पासबुक प्रणालीका आधारमा मात्रै वितरण हुने नगरपालिकाले स्पष्ट पारेको छ।

सूचनामा भनिएको छ, “मलखाद वितरणमा देखिएको समस्या समाधानका लागि अब कृषि विकास शाखामा किसानको पासबुक र अभिलेख अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। पासबुक पेश नगर्ने कृषकलाई मलखादको कोटा छुट हुनेछ।”

sahani furniture udyog

नगरपालिकाले यस कार्यान्वयनका लागि सम्पूर्ण कृषकहरूलाई आवश्यक सहयोग र सहकार्य गर्न आग्रह गरेको छ।

जारी सूचनाले स्थानीय कृषकहरूबीच उत्साह देखिएको छ। किसानहरूले नगरपालिकाले ल्याएको यो नयाँ प्रणालीले वितरणमा हुने अनियमितता र दोहोरो वितरण नियन्त्रण हुने अपेक्षा व्यक्त गरेका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.