जेलबाट फरार कैदीबन्दी र हतियार नियन्त्रणमा सहयोग गर्न भारतसँग आग्रह

0
Quantam abroad studies

भारतको नयाँदिल्लीमा सुरू भएको नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा फरार कैदी पक्राउ, लुटिएका हतियार नियन्त्रण र खुला सीमाका कारण बढ्दै गएको लागुऔषध तथा सीमापार अपराधबारे छलफल गरिएको छ।

नेपालले जेलबाट फरार कैदीबन्दी र लुटिएका हतियारका कारण सुरक्षा चुनौती बढेको उल्लेख गर्दै नियन्त्रणमा सहयोग गर्न भारतसँग आग्रह गरेको हो। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दुवै देशले सहकार्य गरेर सुरक्षा चुनौती सामना गर्नुपर्ने बताएका छन्।

sahani furniture udyog

भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक सञ्जय सिंघलले पनि यी विषयमा भारत सहयोग गर्न तयार रहेको वचन दिएका छन्।

नेपालले सीमामा हुने दुर्व्यवहार, लुटपाट, लागुऔषध तस्करी र राजस्व छली रोक्न संयुक्त प्रयास आवश्यक रहेको बताएको छ। बैठक भोलिसम्म जारी रहने र आगामी रणनीति तय गर्ने तयारी गरिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.