
धनुषा जिल्लामा एक वडाध्यक्षको गोली प्रहारबाट मृत्यु भएको छ। मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष बिन्देश्वर यादवलाई गाउँकै शम्भु यादवले गोली हानी हत्या गरेको जनाइएको छ। शम्भु यादव धनुषा प्रहरीले कार्यरत सुरक्षा कर्मचारी भएको पुष्टि भएको छ।
घटनापछि फरार भएका अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाइरहेको छ।
स्थानीयका अनुसार गाउँमा चलिरहेको श्राद्ध भोजका क्रममा दुई पक्षबीच विवाद बढेपछि वडाध्यक्ष यादव त्यहाँ पुगेका थिए। विवाद तह लगाउने प्रयासमै उनीमाथि गोली प्रहार गरिएको बताइएको छ।

वडाध्यक्ष यादवको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। धनुषा प्रहरीले घटनाबारे विस्तृत विवरण संकलन भइरहेको जनाएको छ।
