भैरहवा विमानस्थलमा जापान–कोरिया जानेहरूको चहलपहल

0
Quantam abroad studies

भैरहवा — थाइ एयर एशियाले साता दुई पटक सञ्चालन गर्ने भैरहवा–बैंकक उडानका कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हाल जापान र दक्षिण कोरिया जान चाहने यात्रुहरूको भीड उल्लेखनीय रूपमा बढेको छ। एकै टिकटमा भैरहवाबाट बैंकक हुँदै नारितासिओल पुग्न सकिने सुविधा भएपछि विमानस्थलमा दैनिक चहलपहल देखिन्छ। बैंककमा ७–८ घण्टाको ट्रान्जिटपछि उनीहरू जापान र कोरिया पुग्छन्।

जापानबाट भैरहवा फर्किन पनि सहज छ, तर कोरियाबाट फर्किनेले बैंककमा एकरात बस्नुपर्छ।
थाइ एयर एशियाको भाडा तुलनात्मक रूपमा किफायती भएकाले विद्यार्थी र वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि यसको आकर्षण बढेको छ।

sahani furniture udyog

उडानमार्फत मलेसिया र भियतनाम यात्र पनि एकै टिकटमा सजिलो बन्दै गएपछि विमानस्थलको अन्तर्राष्ट्रिय चहलपहल झनै बढेको देखिन्छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.