२ करोड ६८ लाख जमानतमा रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतको आदेश

0
Quantam abroad studies

बुटवल । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ। अदालतले २ करोड ६८ लाख रुपैयाँ जमानतमा रविलाई रिहा गर्न आदेश दिएको हो।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार बिहीबार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले उक्त आदेश दिएको हो।

sahani furniture udyog

यसअघि सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले बिगो रकम दाखिल गरी थुनाबाहिर बस्न पाऊँ भन्दै निवेदन दिएका थिए। तर जिल्ला अदालत रुपन्देहीले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो।

जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालत बुटवलमा पुनरावेदन निवेदन दर्ता गराएका थिए।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.