
कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) कपिलवस्तुले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। पार्टीको जिल्ला समिति कपिलवस्तुको मिति २०८२/९/३ गते सम्पन्न बैठकको निर्णयअनुसार आगामी २०८२ साल फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरिएको हो।
निर्णयअनुसार कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ बाट अब्दुल रसीद खाँ, भगवान दास यादव (BDyadav) र शैलेन्द्र कुमार यादवलाई सिफारिस गरिएको छ। यस्तै निर्वाचन क्षेत्र नं. २ बाट सुदिप पौडेल, राम नेवास यादव र हरिश्चन्द्र पाठक तथा निर्वाचन क्षेत्र नं. ३ बाट राम वरन प्रसाद यादव, सवित्रा.विक. र शिवपुजन यादवलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।

जसपा नेपाल कपिलवस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित उक्त निर्णय पार्टी संगठन सुदृढ गर्दै निर्वाचनमा प्रभावकारी सहभागिता जनाउने उद्देश्यले गरिएको जनाइएको छ।

