आज मौसम प्रायः सफा, तराईमा हुस्सुको सम्भावना

0
Quantam abroad studies

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले मौसम मुख्यतया सफा रहनेछ। हाल देशका अधिकांश भूभागमा स्थिर मौसम अवस्था रहेको र वर्षा वा हिमपातको सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य हिमाली भूभागमा आंशिक बदली देखिन सक्ने अनुमान गरिएको छ। बाँकी पहाडी र तराइ क्षेत्र भने प्रायः सफा रहनेछन्। यस अवधिमा तापक्रम सामान्य रहने अपेक्षा गरिएको छ।

sahani furniture udyog

रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ भने अन्य भूभागमा मौसम सफा नै रहने पूर्वानुमान गरिएको छ। तर तराइका जिल्लाहरूमा बिहान र राति हुस्सु तथा कुहिरो लाग्न सक्ने भएकाले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा केही असर पर्न सक्ने महाशाखाले सचेत गराएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.