अमेरिकाबाट ७६ नेपाली एकै दिन डिपोर्ट

0
Quantam abroad studies

अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका ७६ जना नेपालीलाई बिहीबार एकै दिन चार्टर्ड विमानमार्फत नेपाल फर्काएको छ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरू अवतरण गरेका हुन् ।

डिपोर्ट भएकामध्ये ३ महिला र ७२ पुरुष छन् । अधिकांश अवैध बाटो हुँदै अमेरिका पुगेका भएको नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनीले जानकारी दिए । दुई जना भिजिट भिसामा बसेका तथा ३० वर्षदेखि अमेरिका बसेका तर पीआर कार्ड नवीकरण नभएका एक व्यक्ति पनि डिपोर्टमा परेका छन् ।

sahani furniture udyog

डिपोर्ट भएकामध्ये कतिपयले अमेरिका पुग्न बिचौलियालाई एक करोड रुपैयाँसम्म बुझाएको बयान दिएका छन् । उनीहरूलाई अध्यागमन कार्यालयले बुझेर थप अनुसन्धानका लागि ब्युरोमा पठाइने जनाइएको छ ।

डोनाल्ड ट्रम्प राष्ट्रपति बनेयता हालसम्म ३० महिलासहित ४३९ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन् । पछिल्लो सात वर्षमा भने कुल ६६६ नेपाली डिपोर्ट भएका छन् । अमेरिकी प्रशासनले आप्रवासन कडाइसँगै १४ लाखभन्दा बढी विदेशी नागरिकलाई देश निकाला गर्ने तयारी गरेको जनाएको छ, जसमा १ हजार ३६५ नेपाली पनि परेका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.