पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिज्म मिट सम्पन्न

0
Quantam abroad studies

पोखरामा नेपाल पर्यटन बोर्डको आयोजनामा भारतीय राजदूतावासको सहकार्यमा दोस्रो इन्डिया–नेपाल टुरिज्म मिट सम्पन्न भएको छ। बिहीबार सम्पन्न कार्यक्रममा भारत र नेपालबीच विशेष गरी उत्तर प्रदेश र गण्डकी प्रदेशबीचको पर्यटन सहकार्य विस्तारमा जोड दिइयो।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा र मुक्तिनाथलाई केन्द्रमा राखेर भारतसँग बढ्दो पर्यटन सहकार्य स्वागतयोग्य भएको बताए। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भारत नेपालका लागि सबैभन्दा ठूलो पर्यटक स्रोत मुलुक भएको उल्लेख गर्दै धार्मिक, सांस्कृतिक, साहसिक र प्रकृतिमुखी पर्यटनमार्फत सहकार्य थप प्रभावकारी बनाउन बोर्ड सक्रिय रहेको जानकारी दिए।

भारतीय राजदूतावासका उप–प्रमुख डा. राकेश पाण्डेले कनेक्टिभिटी सुधारसँगै संयुक्त धार्मिक तथा सांस्कृतिक पर्यटन परिपथको प्रवर्द्धन आवश्यक रहेको बताए। उत्तर प्रदेश पर्यटनका सहनिर्देशक दिनेश कुमारले प्रदेशका प्रमुख पर्यटन परिपथ र पर्यटन नीतिका उत्कृष्ट अभ्यासबारे प्रस्तुति दिए।

sahani furniture udyog

कार्यक्रमअन्तर्गत भएको बीटुबी सत्रमा भारत र नेपालका पर्यटन व्यवसायीबीच स्थलमार्ग पर्यटन, बौद्ध परिपथ, वन्यजन्तु, साहसिक तथा आध्यात्मिक पर्यटनमा सहकार्यबारे छलफल भयो। साथै उत्तर प्रदेशका प्रतिनिधिमण्डलका लागि पोखरामा फ्याम ट्रिप आयोजना गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.