मिराज ढुंगाना नेतृत्वकाे जेनजी समूहले सोमबार संयुक्त आन्दोलन गर्ने

0
Quantam abroad studies

मिराज ढुंगानाको नेतृत्वमा रहेको जेनजी समूहले सोमबार संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा ढुंगानाले सडकमा रहेका जेनजी अभियन्ता, घाइते तथा सहिद परिवारलाई समेटेर आन्दोलन अघि बढाइने जानकारी दिए। उनका अनुसार ३० भन्दा बढी जेनजी समूह आन्दोलनमा सहभागी हुनेछन्।

आन्दोलन माइतीघरबाट बिहान ११ बजे सुरु हुनेछ। ढुंगानाले आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पार्दै सुरक्षाको जिम्मेवारी सरकारकै हुने बताए।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आन्दोलनको मर्म नबुझेको आरोप लगाउँदै उनले सरकारको विकल्प आवश्यक भएको बताए। सर्वपक्षीय सरकार गठनको मागसहित आन्दोलनको तयारी गरिएको र सबै जेनजी समूह एकताबद्ध भइसकेको उनको भनाइ छ।

sahani furniture udyog

उनले आन्दोलनको मूल उद्देश्य पूरा नभएको, वर्तमान सरकारबाट निर्वाचन सम्भव नदेखिएको र सरकारको वैधानिकता तथा औचित्य समाप्त भइसकेको दाबी गरे।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.