कृष्णनगरमै अत्याधुनिक आँखा उपचार, लुम्बिनी नेत्रालयको शाखा नियमित सञ्चालनमा

0
Quantam abroad studies

कपिलवस्तुको कृष्णनगरबाट अब आँखा उपचारका लागि भैरहवा वा अन्य सहर धाउनुपर्ने बाध्यताबाट मुक्त हुने भएको छ । लुम्बिनी नेत्रालय भैरहवाले कृष्णनगर नगरपालिकामा आफ्नो शाखा स्थापना गर्दै दैनिक रूपमा विशेषज्ञ आँखा सेवा सुरु गरेको छ ।

भैरहवास्थित लुम्बिनी नेत्रालयका अनुभवी नेत्र विशेषज्ञ र छन्द (काले बाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जका पूर्व वरिष्ठ चिकित्सकहरूको संयुक्त टोलीले कृष्णनगर शाखाबाट उपचार सेवा प्रदान गरिरहेको नेत्रालयले जनाएको छ ।

नयाँ शाखामा भिट्रियो–रेटिना, कोर्निया र ग्लुकोमा जस्ता विशेष क्लिनिक सञ्चालनमा आएका छन् । साथै अत्याधुनिक टोपिकल फेको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया, मधुमेह तथा उच्च रक्तचापका कारण आँखाको पर्दामा देखिने समस्या, रेटिनासम्बन्धी रोग, कोर्निया प्रत्यारोपण, लेजर उपचार र अन्य सर्जरी सेवासमेत उपलब्ध गराइनेछ ।

sahani furniture udyog

शाखा स्थापना अवसरलाई लक्षित गर्दै लुम्बिनी नेत्रालयले सीमित अवधिका लागि विशेष सहुलियत घोषणा गरेको छ । यसअन्तर्गत निःशुल्क आँखा जाँच, सबै डायग्नोस्टिक सेवामा ५० प्रतिशत छुट र एडभान्स फेको प्रविधिबाट गरिने मोतियाबिन्दुको अपरेशनमा पनि ५० प्रतिशत छुट प्रदान गरिनेछ । उक्त सुविधा २०८२ साल पौष १२, १३ र १४ गते (डिसेम्बर २७, २८ र २९) सम्म लागू हुने जनाइएको छ ।

कृष्णनगर शाखा विद्युत् कार्यालय अगाडि, मुख्य सडक किनारमा अवस्थित डा. अनवर अहमद खाँको क्लिनिक भवनबाट सञ्चालनमा छ । स्थानीय नागरिकलाई आफ्नै क्षेत्रमा गुणस्तरीय, सुरक्षित र विशेषज्ञ आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शाखा विस्तार गरिएको लुम्बिनी नेत्रालयको भनाइ छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.