निष्पक्ष निर्वाचन भए नेकपा नै पहिलो बन्छः ‘प्रचण्ड’

0
Quantam abroad studies

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचनमा नेकपा पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

शुक्रबार रुकुम पूर्व–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले देश पूरै निर्वाचनमय भइसकेको उल्लेख गरे। निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न भए तथा सुरक्षाकर्मीले निष्पक्ष भूमिका निर्वाह गरे नेकपा पहिलो शक्ति बन्ने उनको भनाइ छ।

प्रचण्डले समानुपातिकतर्फ नयाँ शक्तिको प्रभाव देखिए पनि प्रत्यक्षतर्फ नेकपा अग्रस्थानमा रहने दाबी गरे। प्रत्यक्ष र समानुपातिक दुवै जोड्दा पार्टीको मेहनत सफल भए देशमा फेरि एक नम्बर पार्टी नेकपा बन्न सक्ने उनले बताए।

sahani furniture udyog

रुकुम पूर्वबाट उम्मेदवार बन्ने निर्णय केवल चुनाव जित्नका लागि मात्र नभई विकास, उत्पादन र रोजगारीको नयाँ ‘मोडेल’ स्थापना गरेर त्यसलाई समाजवादतर्फ लैजाने उद्देश्यले गरिएको उनले स्पष्ट पारे। भ्रष्टाचारविरुद्धको अभियान नचाहने वर्ग र तत्वका कारण आफू सरकारबाट बाहिरिनुपरेको स्मरण पनि गरे।

अधुरा सुशासन र समृद्धिका अभियान पूरा गर्न जनताको साथ र कार्यकर्ताको दृढता आवश्यक भएकाले आफू पुनः जनताको बीचमा फर्किएको प्रचण्डले बताए।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.