महोत्तरीमा डिजे बजाउन र मदिरा बिक्री–वितरण गर्न प्रतिबन्ध

0
Quantam abroad studies

महोत्तरी — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले डिजे बजाउन र मदिरा बिक्री–वितरण गर्न अस्थायी प्रतिबन्ध लगाएको छ।

चुनावी प्रचारका क्रममा अत्यधिक ध्वनि प्रदूषण बढेको गुनासो आएपछि सार्वजनिक स्थान, जुलुस, र्‍याली तथा आमसभामा डिजे साउन्ड सिस्टम, ठूला लाउडस्पिकर लगायत ध्वनि प्रदूषण गर्ने उपकरण प्रयोगमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी संजय पोखरेलले जानकारी दिए। स्थानीय प्रशासन ऐन, २०२८ अनुसार फागुन १० गतेदेखि अर्को सूचना नभएसम्म यो निर्णय लागू हुनेछ। उल्लंघन गरे उपकरण जफत गरी कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

यस्तै, मतदानलाई शान्तिपूर्ण बनाउन फागुन १४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म जिल्लाभर मदिराजन्य पदार्थको बिक्री–वितरण र सार्वजनिक सेवन पूर्णरूपमा निषेध गरिएको छ। प्रशासनले सुरक्षा निकायमार्फत कडाइका साथ अनुगमन गरिने जनाएको छ।

sahani furniture udyog

निर्वाचन अवधिमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षको सहयोग अपेक्षित रहेको प्रशासनले जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.