लुम्बिनी प्रदेशमा ‘प्रदेश आयोजना बैंक’ सञ्चालनको तयारी

0
Quantam abroad studies

लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश आयोजना बैंक’ सञ्चालनमा ल्याउने तयारी गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आयोजना बैंक (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२ स्वीकृत गर्दै आयोजना बैंक सञ्चालनको प्रक्रिया अघि बढाएको हो।

स्वास्थ्य मन्त्री खेमबहादुर सारुका अनुसार यसबाट प्रदेशका प्राथमिकताका आयोजना छनोट, व्यवस्थापन र कार्यान्वयनलाई व्यवस्थित बनाइनेछ।

sahani furniture udyog

बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको जिम्मेवारी हेरफेर तथा बढुवा भएका कर्मचारीहरूको पदस्थापन गर्ने निर्णय पनि गरेको छ। त्यस्तै प्रदेश स्वास्थ्य सेवातर्फ विभिन्न अस्पताल र निकायमा चिकित्सक तथा कर्मचारीहरूको पदस्थापन गरिएको छ। साथै प्रदेश इञ्जिनियरिङ सेवातर्फ अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयमा सुपरिटेन्डेन्ट इञ्जिनियर र वन सेवातर्फ ईश्वरीप्रसाद पौडेललाई वन महानिर्देशकको जिम्मेवारी दिइएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.