कपिलवस्तु घटनामा पक्राउ परेका युवाको रिहाइ माग्दै प्रेस विज्ञप्ति

0
Quantam abroad studies

कपिलवस्तु — विश्व हिन्दु परिषद् नेपालले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ बर्गदामा मन्दिरमाथि भएको आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। परिषद्ले घटनामा संलग्न दोषीमाथि कारबाही गर्नुको सट्टा निर्दोष हिन्दु युवामाथि गोली प्रहार गरी पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ।

जारी प्रेस विज्ञप्तिमा मन्दिरमाथि आक्रमण गर्ने वास्तविक दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरिएको छ। साथै पक्राउ परेका निर्दोष युवाहरुलाई अविलम्ब बिना शर्त रिहा गर्न परिषद्ले जोडदार माग गरेको छ।

परिषद्ले प्रशासनले पीडित पक्षमाथि अनावश्यक दबाब सिर्जना गरेको आरोप लगाउँदै यसलाई अन्यायपूर्ण र अस्वीकार्य भनेको छ। यस्तो कार्यले कानुनी राज्यको मर्ममाथि प्रश्न उठाउने र दोषीलाई संरक्षण गर्ने प्रवृत्तिलाई बढावा दिने बताइएको छ।

sahani furniture udyog

विज्ञप्तिमा यदि पक्राउ परेका युवाहरुलाई तत्काल रिहा नगरिए सम्पूर्ण परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने चेतावनी दिइएको छ। साथै न्यायका लागि हिन्दु समाजलाई एकजुट हुन पनि आह्वान गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.