कपिलवस्तु नगरपालिकामा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

0
Quantam abroad studies

“स्वास्थ्य सेवामा सबैको पहुँच, समृद्ध कपिलवस्तुको निर्माणको आधार, स्वस्थ नगर–खुसी नगरबासी” भन्ने मूल नाराका साथ कपिलवस्तु नगरपालिकाले सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा ल्याएको छ। नगरपालिकाले एक विशेष कार्यक्रमका बीच उक्त सेवाको शुभारम्भ गर्दै नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमै उपलब्ध गराउने अभियान सुरु गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले स्वास्थ्य सेवा लिन टाढा धाउनुपर्ने बाध्यता अन्त्य गर्न मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार नगरपालिकाका प्रत्येक वडामा महिनामा दुई पटक विशेषज्ञ स्वास्थ्य टोली पुग्नेछ। टोलीमा एमबीबीएस चिकित्सक, स्टाफ नर्स तथा आवश्यक स्वास्थ्यकर्मीको सहभागिता रहनेछ।

नगर प्रमुख पौडेलले विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती महिला तथा स्वास्थ्य संस्थासम्म सहज पहुँच नभएका नागरिकलाई लक्षित गरेर सेवा सञ्चालन गरिएको बताए। मोबाइल क्लिनिकमार्फत ६० वर्षभन्दा माथिका नागरिकको निःशुल्क ‘होल बडी चेकअप’ गरिनेछ भने गर्भवती महिलाको निःशुल्क अल्ट्रासाउन्ड परीक्षणको व्यवस्था समेत गरिएको छ।

sahani furniture udyog

उनले स्वास्थ्य सेवा केवल अस्पताल र स्वास्थ्य चौकीभित्र सीमित नरहने भन्दै नागरिकको घरआँगनसम्म सेवा पुर्‍याउने नगरपालिकाको प्रतिबद्धता रहेको उल्लेख गरे। “स्वस्थ नागरिक नै समृद्ध समाज निर्माणको आधार हो। त्यसैले नगरवासीको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर यो अभियान अघि बढाएका हौं,” उनले भने।

मोबाइल स्वास्थ्य क्लिनिक सञ्चालनसँगै ग्रामीण तथा दुर्गम बस्तीका नागरिकले समयमै स्वास्थ्य परीक्षण, परामर्श र उपचार सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। यसले स्वास्थ्य सेवाको पहुँच विस्तार हुनुका साथै रोगको समयमै पहिचान र उपचारमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास नगरपालिकाले लिएको छ।

स्थानीयवासीले पनि नगरपालिकाको यो पहललाई स्वागत गर्दै स्वास्थ्य सेवा आफ्नै समुदायमा उपलब्ध हुनु सकारात्मक र प्रभावकारी कदम भएको प्रतिक्रिया दिएका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.