कपिलवस्तुमा सञ्चारकर्मीका लागि एआई तालिम सम्पन्न

0
Quantam abroad studies

कपिलवस्तु — नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजनामा जिल्लाका सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम जिल्लाका दुई स्थानमा आयोजना गरिएको थियो।

तालिममा पत्रकारितामा एआईको प्रयोग, डिजिटल उपकरणहरूको प्रभावकारी उपयोग तथा बदलिँदो प्रविधिसँग सञ्चारकर्मीहरूलाई अनुकूल बनाउने विषयमा व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख प्रशिक्षक रजनीश भण्डारी तथा प्रशिक्षक सुफल काफ्ले ले आफ्नो अनुभव, ज्ञान र प्रस्तुतीमार्फत सहभागीहरूलाई एआई प्रविधिको उपयोगबारे जानकारी गराएका थिए।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले तालिम कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने केशव कुमार श्रेष्ठ तथा गोपाल बहादुर थापा प्रति आभार व्यक्त गरेको छ। शाखाका अनुसार स्थानीय तहको सहयोग र प्रतिबद्धताले सञ्चारकर्मीहरूको क्षमता विकासमा महत्वपूर्ण योगदान पुगेको छ।

sahani furniture udyog

महासंघले प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा एआईको प्रयोग अपरिहार्य बन्दै गइरहेको उल्लेख गर्दै यस तालिमले सञ्चारकर्मीहरूलाई थप दक्ष, सक्षम तथा प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रशिक्षक, सहभागी, सहयोगी निकाय तथा सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता क्षमता विकासमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.