कपिलवस्तु क्रिकेट सङ्घको अध्यक्षमा पुनः प्रकाश गैरे निर्वाचित

0
Quantam abroad studies

कपिलवस्तु — कपिलवस्तु क्रिकेट सङ्घको अध्यक्षमा प्रकाश गैरे पुनः निर्वाचित हुनुभएको छ। सङ्घको चौथो साधारणसभा तथा जिल्ला अधिवेशनबाट गैरेको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन मण्डलका संयोजक अमित श्रीवास्तवले जानकारी दिनुभयो।

अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै जिल्लामा क्रिकेट खेलको विकास, विस्तार तथा खेलाडी उत्पादनमा थप सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रमा नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्द प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जिल्लाका खेलकुदकर्मी, क्रिकेट खेलाडी, प्रशिक्षक तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

sahani furniture udyog

नवनिर्वाचित अध्यक्ष गैरेले कपिलवस्तुमा क्रिकेटको आधारभूत संरचना विकास, प्रतिभावान खेलाडीको पहिचान तथा प्रतियोगितामार्फत खेलको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.