कपिलवस्तुमा अवैध बालुवा उत्खनन गर्दै गरेका जेसीबी र टिप्पर नियन्त्रणमा

0
Quantam abroad studies

कपिलवस्तु, जेठ २८ — कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित अगिया खोलाबाट अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले एक जेसीबी र एक टिप्पर नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प चौरीले विशेष सूचनाको आधारमा बुधबार दिउँसो सञ्चालन गरेको निगरानी तथा कारबाहीका क्रममा अवैध बालुवा उत्खननमा संलग्न सवारी साधन नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीका अनुसार लु १ क ४१८२ नम्बरको जेसीबी प्रयोग गरी लु १ ख ६२३५ नम्बरको टिप्परमा बालुवा लोड भइरहेको अवस्थामा दुवै सवारी साधन अगिया खोलाबाट नियन्त्रणमा लिइएको थियो।

नियन्त्रणमा लिइएका जेसीबी र टिप्परलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन बुद्धभूमि नगरपालिका–९ मा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

sahani furniture udyog

पछिल्लो समय सीमा क्षेत्रमा हुने चोरी–तस्करी तथा राजस्व छली नियन्त्रणमा सक्रिय रहेको सशस्त्र प्रहरीले नदिजन्य तथा वनजन्य स्रोतको अवैध दोहन रोक्न पनि निगरानी बढाएको छ। सशस्त्र प्रहरी बल नम्बर २८ हेक्वाका प्रमुख गोपाल अधिकारी ले जिल्लाभर हुने अवैध उत्खनन, राजस्व छली तथा प्राकृतिक स्रोतको गैरकानुनी निकासी रोक्न सुरक्षा निकाय निरन्तर खटिएको बताए।

उनले राज्यका प्राकृतिक स्रोत–साधनको संरक्षण गर्नु सुरक्षा निकायको दायित्व भएको उल्लेख गर्दै अवैध उत्खनन हुने क्षेत्रहरूमा निगरानी थप कडा बनाइएको र कानुनविपरीतका गतिविधिमा संलग्न जोसुकैमाथि पनि कडा कारबाही गरिने स्पष्ट पारे।

सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.