कपिलवस्तुमा नक्कली नोटसहित महिला पक्राउ

0
Quantam abroad studies

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाबाट नक्कली नेपाली नोटसहित एक महिला पक्राउ परेकी छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार जेठ २९ गते साँझ करिब ७ः३० बजे शिवराज नगरपालिका–३ खरेन्द्रपुरस्थित एक चिउरा उद्योगमा सामान खरिदका क्रममा नक्कली नोट प्रयोग गरिएको सूचनापछि प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार शिवराज नगरपालिका–२ हल्लानगर निवासी ४८ वर्षीया महिलाले चिउराको धुलो (ठुटो) खरिद गरी रकम भुक्तानी गर्ने क्रममा उद्योग सञ्चालकलाई नोटप्रति शंका लागेको थियो। त्यसपछि उनले तत्काल प्रहरीलाई खबर गरेका थिए।

sahani furniture udyog

सूचनापछि वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले ती महिलालाई नियन्त्रणमा लिई जाँच गर्दा एउटै नम्बर भएका ५०० दरका १९ थान नेपाली नोट बरामद गरेको प्रहरीले जनाएको छ। बरामद नोटको कुल मूल्य ९ हजार ५ सय रुपैयाँ रहेको छ।

प्रहरीले नक्कली नोट र महिलालाई नियन्त्रणमा लिएर खोटा चलन मुद्रा सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। यस सम्बन्धमा कपिलवस्तु जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.