काठमाडौंमा २४ बंगलादेशी नागरिक पक्राउ

0
Quantam abroad studies

काठमाडौं प्रहरीले अध्यागमनसम्बन्धी नियम उल्लंघन गर्दै नेपालमा बसोबास गरिरहेका २४ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार सितापाइला, डल्लु लगायतका क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकामध्ये केहीसँग पासपोर्ट नभएको तथा केहीको पर्यटक भिसाको अवधि सकिएको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका नागरिकहरू विभिन्न कपडा उद्योग तथा कारखानामा कार्यरत थिए। आवश्यक कागजातबिना नेपालमा बसोबास र काम गरिरहेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

sahani furniture udyog

पक्राउ परेका सबैलाई थप कानुनी प्रक्रिया अगाडि बढाउन अध्यागमन विभागको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.