चीनमा अनलाइन खुद्रा बिक्री १३.४८ ट्रिलियन युआन नाघ्यो

0
Quantam abroad studies

 
काठमाडौँ, असोज १४

sahani furniture udyog

चीनको स्टेट पोस्ट ब्युरोले बुधबार जनाएअनुसार सेप्टेम्बर २९ सम्ममा सन् २०२६ को एक्सप्रेस (द्रुत) डेलिभरी परिमाण १५० अर्ब प्याकेज नाघेको छ।
 
यो सङ्ख्या सन् २०२५ को तुलनामा १२ दिन अगाडि नै हासिल भएको हो। विश्लेषकहरूका अनुसार पार्सल ओसारपसारको यो तीव्र गतिले चिनियाँ अर्थतन्त्रको लचिलोपन र गतिशीलतालाई उजागर गर्छ।
 
चीनको एक्सप्रेस डेलिभरी क्षेत्रले विगत केही वर्षदेखि दोहोरो अङ्कको दरमा वृद्धि हासिल गर्दै निरन्तर नयाँ कीर्तिमान कायम गरिरहेको छ। सन् २०२५ मा मुलुकले १९८.९५ अर्ब प्याकेजको कारोबार गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १३.६ प्रतिशतले बढी हो।
 
यो गति सन् २०२६ मा पनि कायम छ। उच्च गुणस्तरीय वृद्धितर्फ उन्मुख स्थिर अर्थतन्त्रका कारण उपभोक्ताको माग बढेको छ, जसले एक्सप्रेस डेलिभरी बजार विस्तारका लागि बलियो आधार प्रदान गरेको छ।
 
चीन विश्वको दोस्रो ठूलो उपभोक्ता बजारका रूपमा कायम छ र यसको वृद्धि निरन्तर जारी छ। यस वर्षको पहिलो आठ महिनामा मुलुकको उपभोग क्षमताको मुख्य सूचक मानिने वस्तु तथा सेवाको कुल खुद्रा बिक्री वार्षिक आधारमा २.५ प्रतिशतले बढेको छ। यस अवधिमा वस्तु तथा सेवाको अनलाइन खुद्रा बिक्री ४.६ प्रतिशतले बढेर करिब १३.४८ ट्रिलियन युआन (करिब २ ट्रिलियन अमेरिकी डलर) पुगेको छ।
 
राष्ट्रिय तथ्याङ्क ब्युरोका प्रवक्ता फु लिङहुईका अनुसार उपभोक्ता बजार आकारमा मात्र नभई स्वरूपमा पनि रूपान्तरण भइरहेको छ। यो परिवर्तन मुख्यतया उपभोगको संरचना र उपभोग शैलीमा आएको क्रमिक बदलावमा झल्किन्छ।
 
स्मार्ट र वातावरणमैत्री (हरित) उत्पादनहरू बजारका मुख्य आकर्षणका रूपमा देखिएका छन्, जसमा ‘वेयरेबल’ (शरीरमा लगाउन मिल्ने प्रविधि) र उच्च ऊर्जा-दक्षता भएका घरायसी उपकरणहरू तीव्र गतिमा बढिरहेका वर्गमा पर्छन्। यसैबीच, लाइभस्ट्रिम ई-कमर्स र ‘अन-डिमान्ड’ खुद्रा व्यापारले बजारको रूपान्तरणलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.