
काठमाडौं, कात्तिक १२
नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो सिजनको आफ्नो पहिलो खेलमा टसजितेर काठमाडौं गोर्खाजले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । हर्मित सिंह कप्तानीमा रहेको जनकपुरले बलिङ गर्नेछ । प्रतियोगिताको काठमाडौंको यो पहिलो खेल हो । करणको कप्तानीमा काठमाडौंले चार विदेशी खेलाडी राखेको छ । प्रतियोगितामा जनकपुर पनि पहिलो जितको खोजीमा छ । यसअघि जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।
जनकपुरले आज जेम्स निसमलाई विश्राम दिएको छ ।
