कपिलवस्तुमाजुवातासकोखालबाट११जनापक्राउ

0
Quantam abroad studies

कपिलवस्तु, २१ कात्तिक:

कपिलवस्तुको बाणगंगा नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा ११ जना व्यक्तिहरू नगद, मोबाइल र ताससहित पक्राउ परेका छन्।

बाणगंगा–६ बनकसीयास्थित ‘जनप्रिय बालुवा प्रशोधन उद्योग’ को भवनमा अवैध रूपमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको संयुक्त प्रहरी टोलीले सो स्थानमा छापा मारेको हो।

गए राति ११:३० बजेको समयमा गरिएको उक्त खानतलासीका क्रममा प्रहरीले जुवाको खालबाट नगद रु. २ लाख २० हजार ६९०, ६ बुक तास र १५ थान मोबाइल फोन बरामद गरेको छ।

प्रहरी नियन्त्रणमा लिइएकाहरूमा बाणगंगा र कपिलवस्तु क्षेत्रका स्थानीय बासिन्दाहरू रहेका छन्:

 ज्ञानु चौधरी (४०) – बाणगंगा-६

 शंकर अर्याल (३६) – बाणगंगा-२

 अमृत पौडेल (४१) – कपिलवस्तु-९

 जीवन विश्वकर्मा (३३) – बाणगंगा-५

sahani furniture udyog

 चेत प्रसाद अर्याल (३१) – बाणगंगा-६

 अमित आचार्य (२२) – बाणगंगा-८

 गणेश बि.क. (३१) – बाणगंगा-८

 ईरफान अली (२८) – बाणगंगा-११

 मोहन सुनार (३१) – कपिलवस्तु-९

 हिमाल पौडेल (३६) – बाणगंगा-८

 राजेश घर्ति (२८) – बाणगंगा-६

बरामद गरिएको नगद तथा अन्य सामग्रीसहित पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा बुझाइएको प्रहरीले जनाएको छ। यस घटनाका सम्बन्धमा थप अनुसन्धान जारी छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.