जसपा आन्तरिक लोकतन्त्रमा तानाशाही नेता निरज मुक्ति लगायतको आरोप

0
Quantam abroad studies

सप्तरी , राजविराज , फाल्गुन ३
जनता समाजवादी पार्टीको जिवनमा आन्तरिक लोकतान्त्रिक प्रक्रिया बाट अघि नबढी नेताकार्यकर्ताले तानाशाही प्रवृतीबाट समायोजन कार्यदल गठन गरिएको पुर्व राजपा समुहले आरोप लगाएका छ्न।

आज आइतबार तत्कालीन राजपाका ६ वटै घटक दलका विभिन्न जिम्मेवारीमा रह्नेका नेताकार्यकर्ताले संयुक्त हस्ताक्षरित प्रेस बिज्ञप्तीमा यस्तो आरोप लगाएको हो।

मिति २०७७ फाल्गुन १ गते पूर्व राजपा नेपालका ५ जना अध्यक्ष मण्डलका सदस्य द्वारा पूर्व समाजवादी पार्टी संग जिल्ला समन्वय समिति समायोजनको निम्ति बनाइएको ६ जनाको कार्यदल प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको र पूर्व राजपा नेपालको ६ घटकका ६ वटै जिल्ला समितिको कुनै पनि पदाधिकारी , सदस्यहरु सँग कुनै प्रकारको राय, सल्लाह नगरी एकलौटी ढंगले तानाशाही प्रवृत्ति देखाउँदै कार्यदल बनाइएकोले हामीलाई मान्य हुने छैन भनेर उल्लेख गरिएका छ्न।

sahani furniture udyog

यसैगरी पुर्व राजपाको जिल्ला उपाअध्यक्ष निरज मुक्ति ,राजपा कै जिल्ला सचिव शत्रुघन मंडल, पुर्व राजपा नेपाल जिल्ला उपाअध्यक्ष बिरेन्द्र कुमार यादव, पुर्व राजपाको जिल्ला सचिव हरेराम यादव , पुर्व राजपा जिल्ला उपाअध्यक्ष उपेन्द्र प्रसाद चौधरी ,पुर्व राजपा जिल्ला उपाध्यक्ष युगेव्शर मंडल,पुर्व राजपा जिल्ला उपाध्यक्ष मनोज कुमार झा, पुर्व राजपा जिल्ला कोषाध्यक्ष ,पुर्व राजपा जिल्ला सचिव वौबाला शर्मा,पुर्व राजपा जिल्ला उपाध्यक्ष सुरेन्द्र नारायण मंडल , राजपाकै जिल्ला सदस्य चन्देश्वर यादव, कपिल देव मंडल फुले रुप रामाहरुको संयुक्त बिज्ञप्तीमा अगाडि भनिएको छ:तसर्थ यथाशिघ्र पूर्व राजपाको ६ वटै घटकहरुको पूर्ण बैठक बोलाई लोकतान्त्रिक विधि प्रकृया वाट कार्यदल बनाउन र समायोजनको कार्य अघि बढाउन जोडदार माग गर्दछौं।

अलोकतान्त्रिक र अवैधानिक तरिकाले वनाइएको कार्यदलसँग समायोजन सम्बन्धी कुनै प्रकारको संवाद र वार्ता नगर्न सम्बन्धित पक्षसँग आग्रह समेत गरेको छ।

पुर्व राजपाका छ वटै दलका विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ता कार्यकर्ताले लगाएका हुन।उत्पीडित ,शोषित ,वंचित भएका मधेसी, आदिवासी जनजाति ,मुस्लिम ,थारु लगायतहरु को मुक्ति आन्दोलनका विभिन्न शृङ्खलाबद्ध बिद्रोहमा ज्यान को प्रवाह नगरिन अग्रपंक्तिमा रहेर राज्यकोसत्ताको दमनकारी एक गोलि टाउकोमा खान सडक बिद्रोहमा लागेकाहरु निरज मुक्तिहरु लगायत रहेको जसपाका शुभेच्छुक ,शुभचिन्तकहरुले भन्ने गरेका छन।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.