
नबिन यादब , चैत १९ , सप्तरी
जिल्ला को सदरमुकाम राजबिराज को मुटुमा रहेको छिन्नमस्ता हस्पिटलमा कार्यरत बरिष्ठ सर्जन डा राजिब मिश्रा ले १०० जना को laparoscopic cholecystectomy को सफल रुपमा शल्यक्रिया गरेका छन् ।

बरिष्ठ सर्जन डा .राजिब मिश्रा सप्तरीको छिन्नमस्ता हस्पिटलमा २३ ओटा पुरूष र ७७ ओटा महिला गरि कुल १०० जनाको laparoscopic cholecystectomy बिरामीको सफलता पुर्बक शल्यक्रिया गरेका हुन् ।
अस्पतालमा डा. मिश्रा संग स्वास्थ्य सेवा लिन आउँदा बिरामीहरू उहाँको निकै प्रशंसा गर्ने गरेका छन् । सप्तरीको मोहली बजारको गिता चौधरी ले डा. मिश्र एक अनुभवी डाक्टर भएको र उहाँले गरीब असाहय लाइ बेलाबखत नि: शुल्क उपचार समेत गर्ने एक सहयोगी भावना भएका ब्यक्ति रहेको बताउनु हुन्छ । बेलाबखत डा. राजिब मिश्रा ले गरिब असहाय को नि: शुल्क स्वास्थ्य सेवा दिएर चर्चामा आउने गरेका छन् भने संचार जगतले पनि उहाँको सराहनीय कार्यलाइ संचार माध्यममा ठाँउ दिइ प्रसंशा समेत गरेका छन् ।
डा.मिश्र यसअघि सप्तरी कै गजेन्द्र नरायन सिंह अस्पतालमा २ बर्ष सम्म कार्यरत रहेका थिए भने त्यहाँ पनि ४०० बिरामीहरु को सफल शल्यक्रिया गरेका थिए । त्यस अस्पतालमा आफ्नो कार्यअबधि सक्ने बितिकै उहाँ छिन्नमस्ता हस्पिटलमा आइ २४ घन्टा सेवा दिदै आएका छन्। उहाँको aparoscopic cholecystectomy को अप्रेसन टिममा Dr. पारसमनि साह (MBBS MD Anesthesia BPKIHS ) समेत रहेका छन् ।

