शुद्धोधन गाउपालिका वडा नम्बर ३ वडा पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

२९ चैत, कपिलवस्तु ।

“शुद्धोधन गाउपालिकाको प्रतिबद्धता सम्पूर्ण बालबालिकाहरूमा खोप सुनिश्चितता, शुद्धोधनको पहिचान पूर्ण खोप हाम्रो अभियान” शुद्धोधन गाउपालिका वडा नम्बर ३ वडा पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।

सबै खोप लगाउने उमेरका बालबालिकाले समयमै खोप लगाएको र अब जन्मने बालबालिकाले पनि खोप पाउने निश्चित भएसँगै शुद्धोधन गाउपालिका गाउँ कार्यपालिका लबनी स्वास्थ्य चौकी वडा नम्बर ३ लबनीले पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

शुद्धोधन गाउपालिका वडा नम्बर ३ का बालबालिकाहरु समयमै खोप सम्पूर्ण खोप पाइसकेकोले ३ नम्बर वडा पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको यस वडाका स्वास्थ्य प्रमुख अब्दुलाह मुसलमान ले बताए ।

संघीय नेपालको लुम्बिनी प्रदेश अन्तरगतको ऐतिहासिक कुदान र अरौराकोट, लुम्बिनी र तिलौराकोटको बीचमा पर्ने र बौद्ध कालिन प्राचीन ऐतिहासिक नाम लामेगामे बाट अपभष्ट क्रमशः लबनी नामले प्रसिद्ध प्राकृति स्रोत र साधनको धनि र शहर बजार भएको यस शुद्धोधन गाउपालिका अन्तरगतको वडा नम्बर ३ साबिक लबनी गा.बि.स.शिक्षा र स्वास्थ्य को क्षेत्रमा निकै फडको मारेर अगाडि बढेको अवस्था रहेको छ ।

sahani furniture udyog

नेपाल सरकारको संविधान २०७२ को धारा ३५ को मर्मअनुसार जन समुदायले सबै आधारभूत सेवा निःशुल्क पाउनेछन् । भन्ने अंगिकृत गरेको छ । सो अनुसार यस वडा अन्तरगतको सबै जनसमुदायको निःशुल्क सबै आधारभूत सेवा प्रदान गर्ने लक्ष्य अनुरुप लबनी स्वास्थ्य चौकी वडा नम्बर ३ निरन्तर अगाडि बढी युद्धस्तरमा काम गरिरहेको छ ।

यस स्वास्थ्य चौकी अन्तरगत ५ वटा खोप सेन्टर मार्फत खोप सेवा प्रदान गरिदै आएका छौँ । जस मध्ये स्वास्थ्य संस्थामा सेन्टर हुने ठाउँमा मात्रै भवन रहेको बाँकी ४ स्थानहरूमा खोप भवन निर्माण एकदमै अवस्यक रहेको मध्ये एकवटा स्थानमा निर्माणको प्रक्रिया रहेको छ ।

स्वास्थ्यकर्मी दरबन्दी अनुसार पूरा रहेको ता पनि कोभिड १९ को प्रकोपको कारणले खोप सेवा प्रदान गर्न सुरक्षा सावधानीका प्रक्रिया आपनाई सेवा अटुट रुपले प्रवाह गरिएको छ । लाईन लिष्टिङ्ग गर्दै ० देखि २३ महिनाको बच्चा तथा ५ वर्ष मुनिको सम्पूर्ण बालबालिकाहरु मध्ये शून्य डोजको कोही नरहेको र ५ वर्ष भित्रको बच्चा तथा बालबालिकाहरुको तपसील अनुसारको विवरण यस प्रकार छ ।

– ० देखि १५ महिनाका हाल सेवा पाइरहेका कुल जम्मा बच्चा संख्या = २४८ जना रहेका छन सबै जना सेवामा निरन्तर रहेको ।- १६ देखि २३ महिनाका हाल सेवा पाइरहेका कुल जम्मा बच्चा संख्या = १२६ जना ।

त्यसैगरी यस कार्यक्रम का प्रमुख अतिथि निसार अहमद खाँ शुद्धाेधन गाउपालिका अध्यक्ष, बिशिस्ट अतिथि सुधा देवी पाण्डेय गाउपालिका उपाध्यक्ष, बिशिस्ट अतिथि कृष्णप्रसाद ज्ञवाली प्र.प्र.अ., बिशिस्ट अतिथि असफाक अहमद खाँ स्वास्थ्य संयोजक, बिशिस्ट अतिथि वडा नम्बर २ को वडा अध्यक्ष मनोज कुमार यादव, बिशिस्ट अतिथि रामकुमार गुप्ता, अतिथि पृथ्वीराज चौधरी जनकल्याण का अध्यक्ष, यस कार्यक्रम को अध्यक्ष महिब्बुद्दिन मुसलमान, वडा सदस्य, यस वडा का महिला स्वास्थ्य स्वयसेविका लगायत उपस्थिति हुनुभएको थियोे ।

यस वडा नम्बर ३ मा रहेको लबनी स्वास्थ्य चौकीमा आज ल्याबको उद्घाटन भएको छ । र ५०% लाग्नेछ, ५०% निःशुल्क गरिको छ ।वडा अध्यक्ष महिब्बुद्दिन मुसलमानले बताउनुभएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.