हालसम्मकै ठुलो दलित भेला , दलित क्रान्ति गर्ने उदघोष

0
Quantam abroad studies

नेपालगजं , चैत ३०
राष्ट्रिय दलित मुक्ति जागरण अभियान द्वारा बाके जिल्ला को नेपालगजंमा बिशाल दलित भेला को आयोजना गरिएको छ ।

२१ शताब्दी र देश गणतान्त्रिक ब्यवस्थामा प्रवेश गरेको एक दशक भैसक्दा पनि अझै कथित उच्च जाति र राज्यबाट दलित समुदाय माथी बिभेद कायमै रहेको भन्दै राष्ट्रिय दलित मुक्ति जागरण अभियान अन्तर्गत नेपालगजंको त्रिभुवन चोकमा बिशाल भेला र प्रदर्शन आयोजना गरिएको थियो। अहिले पनि दलित समुदाय माथि हत्याहिंसा , दमन र बिभेद जस्ता घटना कायमै रहेको र दलित समुदाय दिनप्रतिदिन असुरक्षित हुँदै गएको भन्दै दलित अभियन्ता द्वारा जिल्लामा हाल सम्मकै ठुलो दलित भेला गर्दै शक्ति प्रदर्शन गरिएको हो ।

दलित समुदायमाथि राज्य तहबाटै राजनितिक , आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा भैरहेको बिभेद र दलित भएकै कारण बलात्कार, हत्या, कुटपिट , छुवाछुत जस्ता घिनलाग्दो कृत्य को विरोध गर्न भनि नेपालगजंमा लुम्बिनी प्रदेश स्तरीय दलित भेला को आयोजना गरिएको थियो । बाँके जिल्लासंगै लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट १८-२० हजार को संख्यामा दलित समुदायको सहभागीता रहेको उक्त भेलामा दलित विरुद्ध हुने गतिविधि को बिरोधमा राज्यलाइ खवरदारी गरिएको छ।

sahani furniture udyog

दलित समुदायको हक अधिकार सुरक्षित गर्न माग गर्दै अभियानले नेपालगजंमा लुम्बिनी प्रदेशस्तरीय भेला र प्रदर्शन आयोजना गरेको हो । राज्यका हरेक अंग र निकायमा दलित समुदायका सहभागितामूलक प्रतिनिधित्व हुनुपर्ने , नीति निर्माण तहमा दलितहरुको स्पष्ट प्रतिनिधित्व र यस समुदायको पेशा व्यवसायको सुनिश्चितता यस भेलाको मुख्य एजेन्डा र माग रहेको अभियानका संयोजक खगेन्द्र सुनारले जानकारी गराएका छन् । सुनारले राज्यको संरक्षणमा दलितहरु माथी हत्याहिँसा, बलात्कार र विभेद भैरहेको बताउदै अब दलित क्रान्ति आवस्यक रहेको बतएका छन् ।

जातीय विभेद , छुवाछुत र दलितमाथिको उत्पीडनविरुद्ध सचेतना जगाउन र सरकारलाई दबाब दिन सोमबार नेपालगजंको त्रिभुवन चोकमा आयोजना गरिएको बिशाल प्रदर्शनमा पूर्वमन्त्री दलबहादुर सुनार, पूर्व सांसद आशा बिक, बागमती प्रदेशसभा सदस्य कल्पना नेपाली लगायत दलित अगुवाहरुको सहभागिता रहेको थियो । राज्यका हरेक क्रान्ति र परिवर्तनमा दलित समुदायको अतुलनीय योगदान रहेको र हजारौं ले आफ्नो प्राण को बलिदानी दिइएको भएपनि दलित समुदायमाथिको विभेद र दमन कायमै रहेको पूर्वमन्त्री दलबहादुर सुनार ले बताएका छन् ।

उक्त कार्यक्रममा उपस्थित दलित अगुवाहरु ले अबको संघर्ष र आन्दोलन दलितका लागि दलितकै नेतृत्व जरुरी रहेको भन्दै अब यस्ता कार्यक्रमलाइ निरंतरता दिदैजानेमा जोड दिएका छन् । यसअघि दलित जागरण अभियानले सप्तरी र दैलेख जिल्लामा प्रदर्शन गरिसकेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.