

कपिपबस्तु
बिजयनगर गाउँपालिका ५ मा रहेको बघमरवा अधारभूत विद्यालयको ब्यवस्थापन समितिको गठनको बिषय लिएर वडा अध्यक्ष अनवार मुसलमानमाथी गम्भीर आरोप गलाइएको छ । समिती सर्बसम्मती गठन हुन नसकेपछि दुई प्यानलको ४/४ गरि ८ जनाले चैत ३१ गते उम्मेदवारी दिएका थिए भने बैशाख २ फिर्ता लिने क्रममा ४ जनाले उम्मेदवारी फिर्ता लिएको विद्यालयले अन्तिम सूचना प्रकाशित गरेको गरेको थियो । फिर्ता लिनेहरुमा अलि हसन, प्रभावती कोहार, इन्द्रावती कोरी र बर्सौना पासीको नाम सार्बजनिक गरिएको थियो ।
नाम सार्बजनिक भएको केही घण्टा पछि एउटा भिडियो सामाजिक संजालमा आयो जसमा इन्द्रावती कोरीको अनुसार वडा अध्यक्ष अनवार मुसलमानले आफुलाई २० हजार रुपैयाँ दिएर उम्मेदवारी लिन फकाए तर आफू सहमत नहुदै एउटा कागज हस्ताक्षर समेत गराएको आरोप लगाइन तर उक्त बिषयमा वडा अध्यक्षबाट बुझ्दा आफू त्यस्तो कुनै कार्यमा संलग्न नभएको र आफुलाई बदनाम गराउने षड्यन्त्र रहेको बताए ।




