
शहबाज खान/कपिलवस्तु
कपिलवस्तु जिल्लाको दक्षिण पश्चिम सिमाक्षेत्रमा सटेको कृष्णानगर नगरपालिका तथा विजयनगर गाउँपालिकाका नाकाहरुबाट लामो समय देखि तस्करी कारोबार भइरहेको कुरा निकै चर्चाम रहेको छ।
कपड़ा, पाडा, काठ, मोटर पार्टस लगायतका सामानहरुको तस्करी रोक्नाको लागि खाटिएको सिमा सुरक्षा निकायहरुको निष्क्रियताको कारणले जिल्लामा करोडौ करोडको तस्करी हुदै आएको छ। नेपाल सरकारको ठूलो राजस्व चुहावट तस्करहरुको कारण हुदैछ। पांडा तस्करीमा जिल्लाकाका पुलिस प्रशासन तथा सम्बन्धित जिम्मेवार निकायहरु आंखा बन्द गरेर बसेका छन र करोडौ करोडको पांडा तस्करी जिल्लाका विभिन्न सिमा नाकाबाट अवैध तरिकाले ल्याइ प्रत्येक सोमवारको दिन बहादुरगंजमा लोड गरि नेपालको ठूल ठूला बाजार हरुमा सप्लाई गरिन्छ। करोडौ करोड़को तस्करीमा सम्बन्धित निकाय हरु किन मौन?
कृष्णनगरको दक्षिण पश्चिम सिमा क्षेत्रमा दर्जनों काष्ठ मिलहरु संचालनमा रहेका छन अधिकांश काष्ठ मिलहरु अवैध तरिकाले भारतबाट नेपाल ल्याइएका बहुमुल्य काष्ठहरुको भरमा मात्रै संचालनमा रहेको स्थानिएले बताउछन। भारतको जंगलबाट रात्रिमा नेपालका तस्करहरु बहुमुल्य काष्ठहरुको फडानी गरि सिमामा रहेका मिलहरुमा सस्तो मुल्यमा सप्लाई गर्छन र काष्ठ मिलवाला ले रात्रि मै चिरान गरि महंगो मुल्यमा सप्लाई गर्छन
केहीदिन पहिला इलाका प्रहरी कार्यलय कृष्णानगर, बीओपी कृष्णनगर , इप्रका गणेशपुरले लगातार भारत बाट ल्याइएको अवैध काष्ठ सुराकीको आधारमा पक्राउ गरेको छ।ठुलो मात्रामा काष्ठ पक्राउ पनि हुदै छ र अर्को तिर त्यति ठुलै मात्रामा अवैध तरिकाले नेपाल आउदै छ।

राजस्वछली गरि अवैध तरिकाले काष्ठ ओसार पसार बारे वन डिभिजन कार्यलय चन्द्रौटाका प्रमुख दुर्गा बहादुर कार्की संग बुझदा वहाको भनाईनुसार हाम्रो कार्यक्षेत्र ठूलो छ र हामी संग जनशक्ति कम रहेको कारणले चारै तिर निगरानी गर्न चुनौति पुर्ण रहेको छ काष्ठ ओसार पसारमा पुलिस प्रशासनलाई पनि ध्यान दिनुपर्ने बिषय हो जब सिमा सुरक्षाका जिम्मा पुलिसको हातमा छ भने कसरी भारतबाट अवैध काष्ठ नेपालमा भित्री रहेको छ यदि यस्ता कार्य भइरहेको छ भने पक्कै पुलिस प्रशासनको मिलोमातोमा मात्रै सम्भव रहेको प्रमुखले बताउनु भयो । काष्ठ मिलहरुमा छड्के अनुगमनको बारेमा बुझदा उहाँ अनुसार उहाँ आएको दिन देखि एक व दुइ पटक मात्रै छडके अनुगमन गरेको त्यसमा पनि केही मिलहरुमा मात्रै पुग्न सकेको बताए।
स्थानिए स्त्रोतानुसार काष्ठ, पांडा, कपड़ा लगायत अन्य तस्करीहरु लामो समय देखि चलि रहेको र सिमाक्षेत्रमा तस्करी बन्द नहुनुमा सम्बन्धित निकायहरुको मिली भगत हुन सक्ने शंका रहेको छ।
कपिलवस्तुको दक्षिण पश्चिम सिमा क्षेत्रमा भइरहेको तस्करी बारेमा पटक पटक सम्बन्धित निकायहरु लाई जानकारी गराउदा समेत तस्करी रुक्ने नाम नलिनु एउटा आफैमा महत्वपूर्ण प्रश्न खड़ा भएकों देखिन्छ।
