कपिलवस्तुमा कोभिड-१९ संक्रमण रोकथामका लागी जारी निषेधाज्ञाको पहिलो दिन

0
Quantam abroad studies

कपिलवस्तु , बैशाख २१
जिल्लामा कोभिड -१९ को संक्रमण बढे संगै आजबाट निषेधाज्ञा जारी भएको छ ।

कोभिड -१९ को संक्रमण बढदै गएपछि जारी भएको निषेधज्ञाको आज पहिलो दिन कपिलवस्तुका सडक सुनसान देखिएका छन् । जिल्लामा कोभिड -१९ संक्रमितको संख्या बढदै गएपछि जिल्ला कोभिड -१९ संकट ब्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकको सिफारिस पछि प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले एक आदेश जारी गर्दै बैशाख २१ देखी ३१ गते रात १२ बजे सम्मलाइ जिल्लामा निषेधाज्ञाको घोषणा गरेका थिए ।

sahani furniture udyog

यस्तै कपिलवस्तु सदरमुकाम तौलिहवामा पनि निषेधाज्ञाले गर्दा सडक सुनसान बनेको छ । नेपाल प्रहरी पनि बिहानै देखि निषेधज्ञा सफल बनाउन सक्रिय रुपमा लागेको छ । चर्को घाम र गर्मिका बिचमा प्रहरीले आफ्नो गस्ती बढाउदै निषेधाज्ञा सफाल बनाउन लागि परेको छ । निषेधाज्ञाले संगै यहाँका बजार , यातायात र पसल बन्द भएका छन् भने निषेधाज्ञाक समयमा अत्यावश्यक किनमेल गर्न बिहान ९ बजे देखी दिउसो १ बजेसम्म पसल खुल्ला रहने प्रशासनले जनाएको छ । जिल्लाका मुख्य बजारका चोकमा खटिएका र गस्तीमा रहेका प्रहरीले निषेधाज्ञा उल्लंघन गरि अनावश्यक हिडडुल गर्नेलाइ आज पहिलो दिनभने सम्झाइ बुझाइ फर्काइएको छ। तर अत्यावश्यक कामले घर बाहिरा निस्केका ब्यक्तिको पास र अत्यावश्यक कामको प्रमाण हेरि जान दिइएको छ ।

यसैगरी निषेधाज्ञाले कोभिड-१९ को नयाँ भेरियन्टको संक्रमण चेन तोडन मद्दत पुग्ने बिज्ञले बिश्वावस व्यक्त गरेका छन् । अहिलेको कोभिड-१९ को नयाँ भेरियन्ट पहिलेको भन्दा घातक रहेको समेत बिज्ञले बताउदै आएका छन् ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.