बैज्ञानिक समाजवाद पूँजीबादको एक मात्र भरोसायुक्त बिकल्प

0
Quantam abroad studies

—लोकनारायण सुवेदी
यद्यपि अध्ययन गर्दा थाहा हुन्छ कि मानब समाजको इतिहास नै निरन्तर बिकल्पको खोजीको इतिहास हो । यसरी के प्रष्ट छ भने मनिसले, मानब समाजले निरन्तर बिकल्पको खोजी गरिरहेको हुन्छ । जुन बिकल्पहरु मानब समाजका लागि उपयोगी हुन्छन् ती अनाइन्छन् र जुन अनुपयोगी सिद्ध हुन्छन् ती परिवर्तन हुन्छन्, गरिन्छन् । अबलम्बन गरिएका बिकल्पहरुको पनि सान्दर्भिकता सकिए पछि या त ती परिमार्जित हुन्छन् र केही थप समय चल्छन् या तिनको पनि अन्त्य हुन्छ । यही क्रम नै मानब समाजमा निरन्तर चलिरहने क्रम हो । निरन्तर सबैले देख्दै भोग्दै र परिवर्तनमा आफुसमेत सामेल हुदै आएको आजसम्मको मानब समाजको अनुभव सिद्ध कुरा नै हो ।

आजको बिश्व इतिहास र हाम्रै देशको पनि इतिहासालई हेर्ने र केलाउने हो भने वास्तवमा मानिसले, मानब समाजले अनेकौ राजनीतिक परिबर्तन गरेर बिभिन्न राजनीतिक पद्धतिलाई अबलम्बन गरे । कयौ सामाजिक अन्ध मान्यता र रुढीबुढीलाई पञ्छाएर नयाँ बैज्ञानिक मूल्य मान्यताहरु पनि स्थापना गरे  । यस क्रममा कयौ नया परम्परा र मूल्य पद्धतिहरुको बिकास पनि गरे र तिनमा पनि अझ थप नयाँ कुराहरु जोड्दै थप्दै पनि आए । हामीले उत्पादन पद्धतिका हिसावले पनि यस सम्बन्धमा हे¥यौ र बिश्लेषण ग¥यौ भने धेरै  ठूलो आमूल र अपूर्व परिवर्तन आएको सहजै देख्न र बुझ्न सक्छौं ।आदिम उत्पादन पद्धति, सामन्ती उत्पादन पद्धति हुदै आज बिश्व पूँजीवादी उत्पादन पद्धतिसम्म आइसकेको छ । अहिले बिश्वब्यापी रुपमा चलिरहेको संघर्ष नै वास्तमा पूजीवादी उत्पादन पद्धति र सामाजिक अर्थात् समाजबादी उत्पादन पद्धतिका बिचको संघर्ष हो । यसलाई स्पष्ट भाषामा भन्दा पूँजीको ९नाफाको० केन्द्रिकरण र उत्पादनको९श्रमको० सामाजिककीकरण बीचको संघर्षकोरुपमा यो अभिब्यक्त छ। त्यसैले पूँजी र श्रम बीचको संघर्ष–पूजीबादी बर्ग र श्रमजीबी बर्ग बीचको संघर्ष हो यो।कुनै मनोगत रीस–राग, बैमस्यता र बदला लिने मनोगत भावनाबाट प्रेरित र बिकसित भएको कुरा होइन परस्पर बिपरीत तत्वको भौतिक या बस्तुगत उपस्थितिका कारण अनिबार्य बनेको कुरा हो, त्यसैले क्रान्ति अबश्यमभावी छ, यसलाई कसैले रोकेर रोक्न सकिदैन भन्ने निष्कर्श निस्किएको या निकालिएको हो । त्यसैले बर्ग संघर्षलाई ब्यक्तिगत झै–झगडाको कुरा नभएर यसलाई निर्बैयक्ति हुन्छ भनिएको हो । 

आज बिश्वमा यो पूँजीवादी उत्पादन पद्धति जति सबलताकासाथ स्थापित भएको छ त्यसलाई परिवर्तन गर्ने सामाजिक उत्पादनका शक्तिहरु पनि लागेपुगेसम्म जोडबल लगाइरहेका छन् । तर त्यो प्रयत्नलाई कमजोर तुल्याउन र आफुलाई बचाउनका लागि पूँजीवादले सबै किसिमका प्रतिकृयावादी र प्रतिगामी शक्तिहरुसँग सम्झौता र साठगाठ गरिसकेको र गरिरहेको छ । यो आजको पूँजीवादको आम चरित्र नै बनिसकेको छ र हो । बिकासको यस प्रकारको द्वन्द्वलाई सही किसिमले बुझ्दै अघि बढ्नाले समाज बिकासको सही बाटो प्राप्त गर्न सहज हुन्छ । अन्यथा बिकासका भावनात्मक नाराहरुको तेज धारमा बगेर जाने कुण्ठित या यथास्थितिबादी  कुरा नै सामान्यरुपमा भइरहेको हुन्छ ।

समाजको सकारात्मक र उर्ध्वगामी आमूल परिवर्तन र बिकासको सन्दर्भमा के कुरामा एकदमै प्रष्ट हुनु पर्दछ भने आर्थिक बिकास या समृद्धिले मात्र मानिसलाई मनुष्यताको गरीमा प्रदान गर्नेछ भन्ने कुरा निश्चित छैन । यसको अर्थ हो आर्थिक बिकास मानबीय गरीमाको कुनै प्रत्याभूति होइन । किनभने एकपक्षीय आर्थिक बिकासका कारण सामाजको बहुसंख्यक बर्ग बिकासको पहुँचबाट बञ्चित रहन जान्छ र त्यस कारणले गर्दा मनुष्यको गरीमापूर्ण जीवनबाट टाढै रहन पुग्दछ या बाध्य हुन्छ। त्यसैले सामाजिक समानताका लागि आर्थिक असमानता मेटिनुपर्ने कुरा आएको हो र त्यसले सामाजिक समानता कायम गर्न आधारभूमि तयार गर्दछ भनिएको हो । वास्तवमा सामाजिक असमानताका बिरुद्ध निरन्तर संघर्ष चल्दै आएको कारण नै यही हो।मानब समाजको संघर्षको इतिहास नै भन्ने हो भने यही बिषमता हटाउने संघर्षको इतिहास हो र यसैलाई मार्क्सले – ‘बर्ग संघर्षको इतिहास’ भन्ने सार्थक संज्ञा दिएका हुन्  । तर उत्पादनका साधनहरुमाथि हैकम जमाउने शक्तिहरुको एकाधिकारका कारण यो बिषमता या असमानता बिरोधी संघर्षले अहिलेसम्म समानताको मानब समाजको साझा सपना साकार तुल्याउन सकिरहेको छैन । 

sahani furniture udyog

आज त पूँजीवादी अत्याधुनिक कर्पोरेट आर्थिक बिकासको बाटोका कारण सामाजिक कल्याण र सरोकारको बिषयहरु नै ओझेलमा पर्दै गएको या परिसकेको अबस्थाबाट हामी गुज्रिरहेका छौं । उदाहरणका लागि भन्नुपर्दा बस्तुतः खाद्यान्न सुरक्षाको नीति कर्पोरेट पद्धतिका लागि एकदमै अमान्य छ। यसका अतिरिक्त बिपन्न बर्गलाई दिइने अनुदान या सब्सीडीलाई पनि यस पद्धतिले मन पराउदैन । यसले त मजदुरहरुको अधिकार सुरक्षित राख्ने खालका श्रम कानुनहरुलाई नै चाहन्छ र हायर एण्ड फायर’ गर्ने नीति अबलम्बन गरेर श्रमिकहरुलाई जतिबेला पनि निष्काशन गर्न सक्ने खुल्ला स्थिति सिर्जना गर्न चाहन्छ र गरिरहेको छ। यसरी पूँजीवादको पकडमा उत्पादन पद्धतिलाई राख्ने र चलाउने कसरतमा सरकार बदल्ने, सत्ता बदल्ने र सामाजिक संघरसंस्था बदल्ने या बिकल्प खोज्ने प्रकृया चलिरहेको छ, चलाउँदै आएको छ । चुनावहरु पनि यसै परिधिभित्र हुने गरेका छन् र हुन्छन् । यस्तो अबस्थामा परिवर्तनपछि पनि जनताको हालत उस्तै रहनु र अझ खस्किनु अस्वाभाविक हुदैन । किनकि कर्पोरेट शक्तिलाई मानेर चल्दा बिपन्न, बञ्चित, बहिष्करण र असमानतामा परेका बहुसांख्यक जनता छुट्छन् । त्यसैले कुनै पनि चुनावको बेला चकाचौध बिकासका भावनात्मक नाराको तिरीमिरी ती जनतालाई देखाएर मतलिने काम हुदै आएको हो र यस्तो भइरहन्छ । तर त्यस्ता निर्वाचनहरुले बिषमता झेलिरहेका बिपन्न बर्गका बहुसंख्यक श्रमजीबी जनताका समस्या हल हुने वातावरण फेरि पनि बन्दैन । त्यसले त कर्पोरेट जगतको जठराग्नि(पेटको भोक) अर्थात् आगोलाई मात्र शान्त पार्दछ ।

यसबाट के स्पष्ट हुन्छ भने बहुसँख्यक बिपन्न बर्गका जनताका लागि आधारभूत अर्थ–राजनीतिक आमूल परिवर्तन अबश्यंभावी छ । यस्तो ठोस जगबिनाको सतही र उपरी परिवर्तनले मात्र उत्पादनमा लाग्ने तर उत्पादनका साधनहरुबाट बञ्चित रहने आधारभूत बर्गले झेलिरहेको बिपन्नता, बेरोजगारी, बिकासबिहीनता र त्यसबाट निरन्तर सिर्जित बिषमताबाट मुक्त हुने स्थिति बन्दैन । यो कसैको मनोगत र भावनात्मक कुरा होइन, यथार्थ बस्तुगत जगतले सिर्जना गरेको कुरा हो। त्यसैले बहुसरसंख्यक बिपन्न बर्ग र समुदायको हातमा मोबाइल, ल्यापटप, आइप्याड थमाइदिएर मात्र पुग्दैन । बिज्ञान र प्रबिधिको अत्याधुनिक बिकासका उपलब्धीहरु उनीहरुले स्वामित्व लिएर ठोस उपयोग गर्नसक्ने अनुकूल र उचित मानबीय बातावरण बनाइनु सर्बोपरी र अत्यावश्यक छ । त्यसको निमित्त देशले आज बिकल्पको खोजी गर्नु नै पर्दछ । त्यो जनताको जीवन स्तर, मानबीय गरीमा र गौरबसँग गासिएको आधारभूत बिकल्पको खोजी हो । टालटुले कुरा गरेर जनता अल्मल्याउने बिकल्प होइन । देशको साच्चो अर्थमा समुन्नति चाहने प्रगतिशील, बापन्थी तथा क्रान्तिकारी लोकतान्त्रिक शक्तिहरुले गम्भीर रुपमा सोच्नु पर्ने कुरा नै आज यही हो ।

तर हामीकहा के बिडम्बना रहदै आएको छ भने हामी परिवर्तनका कुराहरुलाई संकीर्ण राजनीतिक स्वार्थ र सीमित परिधिभित्र राखेर मात्र हेर्ने र त्यसैमा रमाउने मूलतः यथास्थितिबादी प्रबृत्ति ब्याप्त छ । परिवर्तन आम जनता, समाज र राष्ट्रको लागि हो भन्ने भावधारा नै हामीकहाँ बिकसित हुन सकेन । यसको मूल कारण हो – पुरानो सन्दर्भहीन भइसकेको उत्पादन पद्धति र पराश्रयी मनोबृत्ति । यी दुइ कारणले गर्दा हरेक परिवर्तन पछि उत्साहित आम जनतालाई निराश तुल्याउने काम पटक पटक हुदै आएको छ र भइरहेकाे छ। हाम्रो पछिल्लो निकै ठूलो राजतन्त्रलाई नै बिस्थापित गर्ने राजनीतिक परिवर्तन पछि पनि त्यही कुरा दोहोरिएको छ र अझ जटीलरुपमा पराबलम्बी मनोबृत्ति देखापरेको छ । सामन्तबादबाट राष्ट्रिय पूँजीवादमा बिकास हुनु पर्नेमा त्यो दलालपूँजीवादमा बिकास भएर गइरहेको आजको जुन सामन्ती–दलाल पूँजीवादी बर्गीय  मनोबृत्ति बिकिसत भएको छ त्यो राष्ट्रिय हित,दूरगामी भबिष्य तथा अग्रगामी परिवर्तन सबै कुराका लागि अत्यन्तै हानीकारक छ ।
    
 यद्यपि हामीकहा पनि अहिले प्रायः सबैले समाजवादको दिशामा कम्तिमा शब्दमा नै सही आफुलाइ अभिमुख गराउन खोजेको प्रतीत हुन्छ । कुनै तोडमोड नगरी सही रुपमा समाजवादलाई अपनाउने हो भने त्यो श्रोत साधन र उत्पादनको सामाजिकीकरण बाहेक अरु केही हुँदैहोइन । यो सामाजिकीकरणले एकातिर समभावको बातावरण बनाउने र मानब जाति सबै समान हुन् भन्ने कुराको उद्बोधन गराउदछ भने अर्कोतिर समाजकाप्रति समान दायित्व र कर्तब्यबोधको भावना र सकारात्मक अग्रगामी मनोबृत्ति पनि जगाउदछ । २१औं शताब्दीको समाज समानता, न्याय र समुन्नतिको समाजवादी बाटोमा हिड्नु बाहेक अरु कुनै मानबीय बिकल्प पनि छैन । तर त्यो जनतालाई रंगिचंगी सपना देखाउने काल्पनिक समाजबाद होइन, उनीहरुको जीवन चाैतर्फीरूमा  समुन्नत तुल्याउने बैज्ञानिक समाजबाद एक मात्र भरोसायुक्त  बिकल्प हो । यस्तो समाजबाद त्यस पूर्बको नयाँ जनबादी क्रान्ति सम्पन्न नभै सम्भव नै हुँदैन । बैज्ञानिक समाजवादतर्फ सही किसिमले जानका लागि आज बुझ्नुपरर्ने मूख्य सार कुरा नै यही हो । यसैका लागि क्रान्तिकारी कम्युनिष्ट शक्तिहरु केन्द्रित र संघर्षशील हुन आजको आबश्यकता हो ।

त्यस्ता शक्ति, समूह, ब्यक्ति जोकोहीका बीच पनि कार्यगत, सहकार्यगत, मोर्चागत र पार्टीगत एकताको खोजी पनि यही आधारमा गरिनु सही हुन्छ। जुन बिचारको प्रक्षेपण नेपालको सन्दर्भमा कमरेड पुष्पलालले गरेका हुन् र त्यसको सान्दर्भिकता आज पनि उत्तिकै छ र अझ बढ्न गएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.