
देवानन्द ठाकुर , चैत २८
कपिलवस्तु – कपिलवस्तुको विजयनगर गाउँपालिकामा बाघको आक्रमणबाट दूई जना गम्भीर घाइते भएका छन् ।
गाउँपालिकाको वडा नं. १ नेवलागञ्जमा बस्ने वर्तमान रोका र दिलराम थारुलाई बाघ आक्रमण गर्दा घाइते भएका छन् । अपरह्न साढे ३ बजेतिर जंगलमा बाख्रा हेर्न गएको अवस्थामा बाघले आक्रमण गरेको छ। घाइतेहरुलाई बुटवल पठाइएको गणेशपुर इ.प्र.का का प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिनु भएको छ ।
