
बैशाख १६
कपिलवस्तु – जिल्ला काे मायादेवी गाउँ पालिकाकाे लकडाउनका बीच अठकोनिया गाउँमा अनुमानित ५-६ क्विन्टल गांजा र भाङ नष्ट गरिएकाे छ।

मायादेवी गाउंपालिका वाड ५ काे अठकोनिया गाउँका राधेश्याम तिवारी र रामअचल यादवकाे खेतमा रहेकाे गांजा र भाङलाई इलाका प्रहरी कार्यालय पकडी द्वारा गएको प्रहरी टोलिले नष्ट गरिदिएको इलाका प्रहरी कार्यालय पकडीका प्रमुखले गणेश सुबेदीले बताएका छन् ।त्यहाँ रहेका गाजा नष्ट भए पछि स्थानीय खुशी भएका छन् ।
त्यहाँ रहेको गाजाले गाजा तस्करी मौलाउने र स्थानीय युवा तथा समाजमा नकारात्मक असर पर्ने भएको हुँदा प्रहरीको उक्त कदमको स्थानीय समाजका अगुवा द्वारा प्रसंशा गरिएको छ ।
