सम्मरीमाईमा विपद् कोष स्थापना

0
Quantam abroad studies

हृदयराम गुप्ता / चैत्र २६
मर्चवार –  रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा १ करोडको बिपद्ब्य बस्थापन कोष स्थापना गरेको छ ।
बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाईरस संक्रमणलाई फैलिन नदिन तथा रोकथाम, उद्दार, राहत एवं नियन्त्रणका लागि कोष खडा गर्न विपद् ब्यवास्तपन समितिले निर्णय गरेको हो । सम्मरीमाई गाउँपालिकाको अध्यक्ष तथा विपद् ब्यवस्थापन समितिको संयेजक जितेन्द्रनाथ शुक्लको अध्यक्षतामा भएको बैठले उक्त कुरा निर्णय गरेको हो ।

कोषमा गाउँपालिका लगायत प्रत्येक वडाबाट सीपमूलक, आय मुलक, क्षमता बिकास, तालीम जस्ता चालु प्रकृर्तीका योजना बजेट शिर्षकबाट कुल १ करोडको कोष खडा गरिएको सम्मरीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराईले बताए ।सो कार्यमा ईच्छुक ब्यक्ति, जनप्रतिनिधि, तथा शिक्षक कर्मचारी, शिक्षण संघ संस्था, उद्योग ब्याबसायी कल कारखाना राजनैतिक दल, संसद र समाजसेवीहरुलाई सहयोग गर्न गाउँपालिकाले आह्वान गरेको छ ।

सम्मरीमाई गाउँपालिकाको आधिकारिक बैंक नेबिल बैंक लि. सम्मरीमाई शाखा, “विपद् ब्वस्थापन कोष” नामको खाता नम्बर ७१०१०१७५०००७५ को खातामा इच्छुकहरुले जम्मा गरी सहयोगको लागि अध्यक्ष जितेन्द्रनाथ शुक्लले आह्वान गर्नुभएको हो । उनले आफु ब्यक्तिगत ५० हजार समेत सहयोग गरेको बताए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.