प्रतिमा विश्वकर्मा ,चैत्र २६ कपिलवस्तु – नेपाल र भारत दुबै देशमा लकडाउन चलिरहेको अवस्थामा खेतीबारी र खोला नाला हुदै नेपाल प्रवेश गर्नेहरू बढेका छन !मुख्य नाकाहरूमा दुबै देशका सुरक्षाकर्मी खटियेर ओहोर दोहोर ठप्प पारे पनि चोर बांटों हुदै भारतबाट नेपाल आऊंनेहारू बढेका छन ! भारतबाट विभिन्न स्थानमा मज़दूरी गरन गयेका मजदूरहरू कृष्णानगर नगरपालिका वार्ड नम्बर ५ र ६ सीमामा पर्ने सुरही नाला हुदै नेपाल प्रवेश गरीरहेको स्थानीय बाशिंदाले बतायेका छन ! यस्तै केहि मानिसहरू सीमा क्षेत्रको उखू गहु खेतीबाट नेपालमा आवत जावत गरीरहेको पाइएको छ !
कोरोना भाइरस (कोभिड़-19) को संक्रमण बढिरहेको अवस्थामा भारतका विभिन्न स्थानबाट लुकीछिपि गाऊ आइरहेकाले गर्दा कोरोना जोखिम हूने खतरा बढिरहेको कृष्णनगर नगरपालिका वार्ड न. ६ का वार्ड सदस्य मकबूल मुसलमानले बताऊँनु भयो ! तयसरी लुकिछुपी आयेकाहरू क्वरेनटाइनमा नबसेर खुलेआम हिडडुल गरीरहेको कुरा स्थानीय एक जना युवा ले बताये !