नवलपरासी पश्चिममा पनि भेटिए १२ कोरोना संक्रमित, पश्चिममा मात्रै ३३ संक्रमित पुगे

0
Quantam abroad studies

रबिन्द्र यादव / जेष्ठ २७
नवलपरासी पश्चिममा मंगलबार एकै पटक १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुस्ता गाँउपालीकामा एकै पटक १२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये सुस्ता वडा नम्बर १ का ६ जना छन् भने सुस्ता वडा नम्बर ३ मा दुई जना , चारमा एक जना र पाँचमा तिन जना रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका प्रमुख गौरब ढकालले जानकारी दिएका छन् ।

संक्रमित वडा नम्बरमा १ मा ४० वर्षका दुई जना, २४, ४६, ४८ र ५६ वर्षका एक एक जना छन् भने वडा नम्बर ३ मा १६ र ३० वर्षिय यस्तै चारमा ४० वर्षिय र वडा नम्बर ५ मा १६,२३ र २७ वर्षका छन् । संक्रमित सबै पुरुष रहेको स्वास्थ्य कार्यालय प्रमुख ढकालले बताए । यहि जेठ २० गते ७८ जनाको स्वाब संकलन गरि परिक्षणका लागी काठमान्डौ स्थीत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईएकोमा रिपोर्ट आएको हो । ६३ जनाको रिपोर्ट निगेटिभ अाएको छ भने तीन जनाको रिपोर्ट अाउन बाकी रहेको छ ।

उनिहरु सबै भारत बाट आएर क्वारेन्टाईनमा बसेका थिए । उनिहरुलाई सुस्तामै रहेको नव निर्मित बेलवानी स्वस्थ्य चौकिको भवनमा पठाउने तयारी भईरहेको सुस्ता गाउँपालिकाले जनाएको छ । यस अघि पनि सुस्तामा ४ जनामा संक्रमण पुष्टि भएकोमा दुई जना निको घर अाइसकेका छन् । यस संगै नवलपरासी पश्चिममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जस मध्ये सुस्तामा सबैभन्दा बढि १६ जना संक्रमित फेला परेका छन् ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.