कोरोनाको जोखिम कम गर्न सप्तरी जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय

0
Quantam abroad studies

नबिन यादव , साउन १९
सप्तरी जिल्ला पनि मंगलबार विहान देखि लागू हुने गरी निषेधाज्ञा जारी गरिने छ । साेमवार बसेकाे जिल्ला सुरक्षा समितिकाे बैठक बाट उक्त निर्णय गरिएको हो ।

काेराेना भाइरस संक्रमण तीब्र गतिमा फैलिरहेको बेला प्रभावकारी नियन्त्रण तथा राेकथामका लागि पुरै जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि अाचार्यले जानकारी दिनु भएको छ।

sahani furniture udyog

साउन २० गते मंगलबार विहान ५ बजे देखि साउन २६ गते साँझ ६ सम्मका लागि निषेधाज्ञा जारी भएको हाे। यस एक साताको अवधिमा अनावश्यक हिडडुल गर्नेलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भएको छ ।

यसअघि राजविराज नगर क्षेत्रभरि मात्रै निषेधाज्ञा जारीरगेको थियो तर कोरोना भाइरसको हुनसक्ने जोखिमलाइ कम गर्न पुरै जिल्लामा निषेधाज्ञा जारी गारिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.