
उत्तम कुमार थापा , बझाङ
खप्तड छान्ना गाउँपालीकाकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाकाे खप्तड राष्ट्रिय निकुञ्ज नजिकै रहेकाे खप्तड छान्ना गाउँपालीकाकाे सार्वजनिक सुनुवाइ कार्यक्रम अाज सम्पन्न भएको हाे ।
गाउँपालीकाले अार्थिक बर्ष २०७६/०७७ काे बार्षिक बजेट बाट सम्पन्न भएका याेजना, विकासमुखी काम कतिसम्म सम्पन्न भए नभएको बारे जनता र जनप्रतिनिधि विचकाे कार्यदिशा कुन ठाउँमा छ भन्ने विषयलाई अगाडि बढाउने हेतुले अाज गरिएको थियाे ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रतिपक्ष्य रहनुभएका मिश्र बहादुर राेकायाले भने लिङ्गा खानेपानीकाे काम सम्पन्न नभएको तर रकम भुक्तानी भएकोमा अापत्ति पाेखेका हुन । त्यसै युवा उत्सव राेकायाले पनि यश विषयमा कुरा निकालेका हुन । जसमा २० लाखकाे खानेपानी एक हप्तमा सम्पन्न कसरी भएको थियाे र किन भुक्तानी भएको भन्ने बारेमा छलफल हुदा , ईन्जिनियरले भने , पैशा निकालेको साच्चिकै हाे तर खातामा पैशा रहेको हुदा काम सम्पन्न भए पछि मात्र भुक्तानी हुने बताए ।
नेता टाेप बहादुर खड्काले भने शिक्षक भर्नामा अनियमितता किन ईश्वर राेकायाले भने , विना अध्यापन अनुमानि पत्र भएको मान्छेलाई किन विद्यालयमा शिक्षक नियुक्ति भन्ने प्रश्न राखेका हुन । गाउँपालीकामा प्रदेश बाट अाएकाे बजेट किन फ्रिज भएको भन्ने प्रश्नमा नि प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार रावलले भने, काेरनाले गर्दा काम गर्न नसकेको हुदा बजेट फ्रिज भएको दावी गरेका हुन । अधिकृत रावलले भने हाम्रो खप्तड राष्ट्रिय निकुञ्ज नजिकै रहेकाे खप्तड छान्ना गाउँपालीका लाई पर्यटकीय क्षेत्र बनाउने र अागामी दिनमा यसकाे प्रचारप्रसार गर्दै अगाडि बढ्ने रावलकाे भनाइ छ ।
खप्तड छान्ना गाउँपालीकामा अाज भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालीकाका जनप्रतिनिधि विभिन्न पाटीका पाटी प्रतिनिधि जिल्ला समन्वय समिति सदस्य डवल बाेगटी कार्यक्रमकाे सहजिकरण पत्रकार जगदीश राेकाया र शैलेन्द्र राेकायाले गर्नुभएको हाे भने पत्रकार विभिन्न स्थान बाट अाएका जनसमुदायहरुकाे उल्लेख उपस्थिति रहेकाे थियाे ।
