नबिन यादव , साउन २०
सप्तरी जिल्लाको सदरमुकाम राजबिराजमा रहेको साईकृष्षा मेडिकलको आइसोलेशन सेन्टरमा चरम लापरवाही भएको युवा नेता सतेन्द्र यादवले आरोप लगाएका छन् । उक्त आइसोलेसन संग सम्बन्धित सबै ब्यक्ति एवं निकायको मिलोमतोमा लापरबाही भएको यादवले बताएका छन् ।
सरकारले आइसोलेसनको लागी तोकेको मापदण्डको धज्जिया उडाइएको छ भने सरकारले उपलब्ध गराउन भनेको खाने , बस्ने र उपचारको सुबिधा नाउँ मात्रको रहेको पाइएको यादवले आरोप लगाएका छन् ।
उक्त आइसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमितहरुले लाइभ भिडियो सार्बजनिक गरि त्यहाँको कमि कमजोरी एवं लापरबाहीलाइ सार्बजनिक गरि उजागर गरिसकेका छन् । त्यसा आइसोलेसन सेन्टरलाइ ब्यवस्थित बनाउन निरंतर बिरोध एवं खवरदारी गरिएको छ , पुर्ब सिचाइ मन्त्री उमेश यादवको नेतृत्वमा शान्तिपुर्ण प्रदर्शन भएकै हो तर अहिले सम्म समस्या ज्यो का त्यो छ ।
संक्रमितलाइ पोस्टिक खाना खुवाउन , उचित हेरचाहका लागी सरकारले बजेट देकैछ तर आइसोलेसनका ब्यवस्थापन पक्षले भने पुर्णरुपमा गैरजिम्मेवारी पन देखाइ पीडित संक्रमितलाइ सेवा सुबिधाको अभावमा बिच्चली बनाएर राखिएको छ ।
यि सबै कुरा गर्दै युवा नेता यादव भवुक र आक्रोशित हुदै यस विषयमा सबै जनता एक भएर अवाज नउठाए भोलीका दिनमा परिणाम गम्भीर हुने बताएका छन् भने भोलीका दिनमा के थाहा तपाई हामीको परिवार र इस्ट मित्र कोरोना संक्रमित भएर यो आइसोलेसनमा आउन पर्यो भने के गर्ने ?? भनी प्रश्न गरेका छन् ।
यसैगरी कोरोना महामारीले समुदाय स्तरमा उग्र रुप लिन सक्ने बिज्ञहरुले बताइ रहेका छन् भने सरकारले मापदण्ड तोके बमोजिमको आइसोलेसन र क्वारेन्टाइन ब्यवस्थापन भएको छैन तशर्थ सम्पुर्ण आम जनता बिशेष गरि युवा बर्गले समयमै यस विषयमा गम्भीर भै आवाज उठाउन युवा नेता यादवले अनुरोध गरेका छन् । उन्ले आज सावधान भै सम्पूर्ण तयारी गरि राखे इटलि , अमेरिक र भारत जस्तो भयवाह स्थिति बाट बच्न सक्ने भनी सुझावा दिएका छन् ।