बझाङमा जिप दुर्घटना ४ जना घाइते ,एक जना रिफर,

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ

बझाङमा जिप दुर्घटना भएको छ । अाज विहान चैनपुर देखि सुनिगाड जाने क्रममा भाेपुरमा दुर्घटना भएको हाे ।

भाेपुरमा दुर्घटना भएको जिप से १ ज १११९ नम्बरकाे रहेको छ । सवार ४ जना मध्यान जिप गाडी साहुले चलाएको र भिटा माेडिएकाे विच सडकमा लिन खाेज्दा तल खसेको स्राेतले बताएको छ ।

घाइते ४ जना मध्ये एक जनालाई गम्भीर चाेट लागेको हुदा रिफर गरिएको हाे। घाइते हुनेमा मष्टा गाउँपालीका वडा नम्बर ४ का बर्ष ४२ का शेर बहादुर थापा, सुर्मा गाउँपालीका वडा नम्बर २ का २३ बर्षका सुर्याेग बाेहरा ,जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का अग्नि राज जाेशी बर्ष २१ का जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का भक्तराज जाेशी बर्ष २० का घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्य अग्निराज जाेशीलाई गहिरो चाेट पटक लागेको हेदा रिफर गरिएकाे छ भने अरुकाे सामान्य चाेटहुदा जिल्ला अस्पताल बझाङमा उपचार भैईरहेकाे डाक्टर सन्दिप ओखेडा ले बताए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.