बर्राचौरको खहरेखोला, ढाकाचौर, सिम्लेका स्थानीय बासिन्दाले वर्षौंदेखि कुलाको पानी खान बाध्य ।

0
Quantam abroad studies

अमृत भट्टराई / बिहादी, पर्वत
पर्वतको बिहादी गाउँपालीका वडा नम्बर २ बर्राचौरको खहरे खोला, ढाकाचौर , सिम्लेका स्थानीय बासिन्दाले वर्षौं देखि कुलाको पानी खान बाध्य रहेका छन् ।

बर्राचौरको व्यापारिक केन्द्र भनेर चिनिने ठाउँमा नै राम्रो खाने पानी को व्यवस्था नभएको स्थानीय व्यापारी खहरेखोलामा २० वर्ष देखि होटल गर्दै आएका होमनाथ पराजुली ले बिहादी पोष्टलाई जानकारी दिए । पराजुली त एक पत्र मात्र हुन यस्तै समस्य वर्षौंदेखि झेल्दै आएका ढाकाचौरका बसन्त भन्नछन् ।

हामीलाई खानेपानी को धारा नभएपनि पातलदेखि खहरेखोला , सिम्ले , ढाकाचौर सम्म को पाइप ( नाला ) उपलब्ध गराउन स्थानीय सरकार भएपछि पटकपटक वडा कार्यलय मा मौउफिक जानकारी दिदा केन्द्र र प्रदेशको योजना पर्छ र नालाको व्यवस्था हुन्छ भने उत्तर आएपनि स्थानीय सरकार भएको तीन वर्ष भइसक्दा पनि आफ्नो गुनासो सुनेको नसुने जस्तै गरेको बताउछन् ।

उता सिम्मले मा घर भएका देवेन्द्र पराजुली भन्छन् हामी कुला को सिचाइ का लागि ल्याउने पानी खादै आएका छौँ कहिले काही पानी धमिलो र निकै फोहोर मिसिएर आएको हुन्छ अरु पानी पाउने विकल्प पनि छैन अनि तेहि धमिलो पानी पिउन बाध्य हुन्छौं ।

यस क्षेत्रका बासिन्दाले खहरेखोला बाट सिचाइ मा प्रयोग गर्ने लगेको पानी पिउने गरेको पाइन्छ । पछिल्लो समय विभिन्न पसलबाट निस्केको फोहोर मिसिएको र त्यो देखेपनि तेही पानी पिउन बाध्य रहेको स्थानीयवासीको गुनासो रहेको छ ।

उता वडा कार्यलयले स्थानीय सरकारको ५ बर्षको अवधिमा बर्राचौरका सबैको घरघरमा पानीको धारा पुराउने उदेश्यले विभिन्न कार्यक्रम अघि सारेको र केही घरदुरीमा एक घर एक धारा निर्माण भएर प्रयोग गरेको जानकारी दियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.