कपिलवस्तु मा कपडा बैंकको स्थापना

0
Quantam abroad studies

कपिलवस्तु, ३ पुष,

कपिलवस्तु म कपडा बैंकको स्थापना गरिएको छ । बढ्दो चिसो बढेसंगै राष्ट्रका लागि युथ युनिटि वेलफेयर एसोसियन ‘युवा’ कपिलवस्तुले कपडा बैंक स्थापना गरेको हो । हुनेले दिएर जाऔँ, नहुनु ले लिएर जाऔँ भन्ने मुल नाराका साथ आर्थिक रुपमा विपन्न परिवारलाई जाडोबाट बचाउने उद्देश्यले कपडा बैंकको स्थापना गरिएको युवा का संयोजक लक्ष्मण सापकोटाले जानकारी दिए ।

बढ्दो कासो बढेसंगै जाडोमा शरिर समेत ढाक्न नसक्ने गरिव परिवारलाई शरिर ढाक्ने एक जोर कपडा भएपनि प्रदान गरी उनीहरुको घाउ मा मलम लगाउने लक्ष्य का साथ सुरु गर्न लागिएको अभियानमा ईच्छुक संघ संस्था वा व्यक्तिलाई पनि समावेश गराईनेछ । खासगरी प्रयोग गर्न मिल्ने खालका कपडा सफा गरि विपन्नलाई प्रदान गर्ने, प्रयोग गर्न नमिल्ने कपडालाई कपास उद्योग मा लगि सिरक, डसना बनाई वितरण गरिने अभियानको थालनि गरेको संस्था युवा कपिलवस्तुले जनाएको छ ।

अहिले कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा सुरु गरिएको कपडा बैंक अभियान क्रमश : जिल्ला का अन्य स्थानीय तह तथा अन्य जिल्लामा पनि सञ्चालन गरिने संस्था का सहसंयोजक असिम भट्राईले बताएका छन् ।

तपाईको सानो सहयोगले, कसैको घरमा न्यानो ल्याउन सक्छ भन्ने मुल मन्त्रका साथ अगाडि बढेको उक्त अभियानमा हुनेले दिन र नहुनेले लिन सक्ने छन् । जसका लागि चार नम्बर जितपुर मा रहेको बुद्ध प्रोफेशनल एकेडेमी मा सम्पर्क गर्न सकिने छ भने फोन नं. ०७६५५०८६, ९८६७५२६९६६ वा ९८६२२७०२६३ मा सम्पर्क गरिने सक्ने युथ युनिटि वेलफेयर एसोसियन ‘युवा’ कपिलवस्तुले जनाएको छ । संस्थाले यस अघि राष्ट्रिय झण्डा दिवसको अवसर मा देश प्रति गर्व गर्दै जिल्ला प्रशासन अगाडि नयाँ झण्डा राख्ने लगायतका विभिन्न कार्यहरु गर्दै आईरहेको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.