कपिलवस्तुमा संसद विघटनकाे विराेध प्रचण्ड र माधव समुहले विराेध प्रदर्शन

0
Quantam abroad studies

धनी राम काेरी
कपिलवस्तु , १४ पुष
नेपाल कम्नीष्ट पार्टी (नेकपा ) कपिलवस्तु प्रचण्ड-माधव समुह ले अाज मंगलबार जिल्ला काे सदरमुकाम ताैलिहवा मा संसद विघटन काे विराेध मा प्रदर्शन गरिएको छ ।

विराेध कार्यक्रम केपी हेेराे पाराले दुख पाए साराले , तानाशाही प्रवृत्ति बन्द गर , महान शहीदहरु- लाल सलाम , असंवैधानिक अलाेकतान्त्रिक निरंकुश संसद विघटन विरुद्ध संघर्ष गराै ,जनताकाे जनमतलाई अपमान गर्न पाइदैन र प्रतिगमन विरुद्ध संघर्ष गराै जस्ता नाराहरु लागेको थियो अनि प्लेकार्डहरु लिएर विराेध गरेको छन ।

विराेध कार्यक्रममा प्रदेश सांसद विष्णु पन्थी ले सम्बाेधन गर्दै ३ बर्ष पहिले नेकपा लाई जनताहरुले बहुमत दिएका थिए कि नेपालमा विकास हुन्छ,राेजगारी काे अवसर मिल्छ , गरिब कम हुन्छ,आम जनताहरुकाे समस्या समाधान हुन्छ तर प्रधानमन्त्री केपी शर्मा अाेली ले जनता काे मतलाई विश्वास घात गर्नु भयो प्रधानमन्त्रीले अाफ्नाे लहरमा संसद विघटन गर्दिनु भयो ।

बुद्ध पद्म माध्यमिक विद्यालय को खेल मैदानबाट निस्किएको र्‍याली सहित नाराबाजीकाे जुलुस नयाँ टाेल हुँदै गाैडी चाेक हुदाहुदै परिक्रममा गरेर जिल्ला प्रशासन कार्यालय अगाडीको आएर कोणसभामा परिणत भएको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.