पश्चिम नवलपरासीमा २ वटा गाडी सहित ४४ लाख मूल्य बराबरको अवैध मालसामान बरामद

0
Quantam abroad studies

उर्मिला यादव, माघ १३, पश्चिम नवलपरासी

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी ले जिल्ला को बिभिन्न स्थानबाट अवैध कारोबारमा संलग्न २ वटा चार पांङग्रे गाडी सहित ४४ लाख ६५ हजार ५ सय ८४ मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार आज बर्दघाट नगरपालिका वडा नम्बर ४ बाढीपिडित स्थित भित्री सडक खण्डमा पार्किङ गरी राखेको लु.अ.अ.मा. ९२३१ नम्बर को अनटेस्ट कारलाई चेक जांच गर्दा उक्त गाडी भित्र भारतबाट भन्सार छलि अवैध रुपमा ल्याएको मारोटी, डेटाइम रनिंग ल्याम्प, ग्रिप ब्लाक स्टेरिंग स्विफट, हुइल र्आच वाइ वन के लगायतका मोटर पार्टस फेला पारी गाडी सहित ईलाका प्रहरी कार्यालय बर्दघाट बाट खटिएको प्रहरी टोलीले नियन्त्रण मा लिएको हो ।

उक्त मोटर पार्टस सामानको मुल्य करीब ८४ हजार ६ सय ५० र अनटेस्ट गाडीको अन्दाजी मुल्य ३० लाख गरी कुल ३० लाख ८४ हजार ६ सय ५० मुल्य बराबर रहेको प्रहरीले जनाएको छ। बरामद सामान र गाडी आजै आवश्यक कारवाही को लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

त्यसैगरी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलील भारतबाट भन्सार छली अवैध रुपमा लु १ ज ४२७९ नम्बरको पिकअपमा राखि ल्याउदै गरेको १०४ प्याकेटमा ४१६ पिस टायल सरावल गाउँपालिका वडा नं. ७ मोजरैया बाट गाडी र गाडी चालक सहित नियन्त्रणमा लिएको छ ।

उक्त टायलको मुल्य १ लाख २४ हजार ८ सय र पिकअप गाडीको अन्दाजी मुल्य ९ लाख गरी १० लाख २४ हजार ८ सय मुल्य बराबर रहेको प्रहरीले जनाएको छ । बरामद टायल,गाडी र गाडी चालकलाई आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनु भयो ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको २ लाख २७ हजार ४ सय ३४ मुल्य बराबरको थान कपडा, धनियाको बिउ, गरम मसला लगायतका मालसामान बर्दघाट नगरपालिका वडा नं. ७ ज्यामिरेभार बाट बरामद गरेको जनाएको छ ।

त्यसैगरी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीलेभारतबाट भन्सार छली अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अन्दाजी १ लाख ९ हजार १ सय मुल्य बराबरको जेसिबीका बिभिन्न पार्टपुर्जा, थाल, ढोकाको कब्जा , चिनी, सुर्ती लगायतका मालसामान सरावल गाउँपालिका वडा नम्बर ७ बुलन्दपुर बाट बरामद गरेको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी १९ हजार ६ सय मुल्य बराबरको ४९ गोटा (९८ केजी) जिउदो बोईलर कुखुरा रामग्राम नगरपालिका वडा नं. १६ हकुई बाट बरामद गरेको जनाएको छ । बरामद भएको कुखुरा आजै आवश्यक कारवाहीको लागि महेशपुर पशु क्वारेन्टाईनमा बुझाईएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनु भयो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.