पूर्ण खोप वडाको सर्वेक्षण कार्य तिव्र गतिमा : प्रमुख पार्वती शर्मा द्वारा

0
Quantam abroad studies

शहबाज खान, फागुन १, कपिलवस्तु ।

बालघातक सरुवारोग कुनै सरुवा विषाणु, जीवाणुको संक्रमण बाट बालबालिका को स्वास्थ्य मा नकारात्मक असर भएको अवस्था हो ।

सरुवा रोग हावा, पानी, माटो, दिसा, रगत आदिबाट एक अर्कामा सर्दछ । बालघातक रोग जस्तैः लहरे खोकी, भ्यागुते रोग, धनुषटंकार, क्षयरोग, पोलियो, दादुरा आदि हुन् । यी रोगहरू विरामी बालबालिकाको सास, खकार, दिसा आदिबाट संक्रमण भएमा शिशु विरामी हुन्छ ।

sahani furniture udyog

बेलैमा पछि हुनसक्ने रोग विरुद्ध खोप लगाइ शरीर मा प्रतिरक्षात्मक शक्ति निर्माण गराएर रोकथाम गर्नु पर्दछ । सबै बालबालिकाले पूर्ण जीवन जिउनको लागि नेपाल सरकारले निःशुल्क खोप पाउने व्यवस्था गरेको हुनाले सबै आमाबाबुले आफ्नो शिशु बालबालिकालाई खोप लगाउन लानु पर्दछ ।

कृष्णनगर नगरपालिका लाई बैशाख मासान्त पूर्ण खोप नगर घोषणा गर्ने लक्ष्य रहे को र यो कार्यक्रम लाई सफल बनाउनको लागि संघ संस्था, जनता जनप्रतिनिधि महिला पुरुष, पत्रकार सुरक्षाकर्मी लगाया सबैको साथ र सहयोग चाहिन्छ। आआफ्नो स्तर बाट पूर्ण सहयोग गर्नाको लागि नगरपालिका का स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराई ले आग्रह समेत गरेका छन ।

उक्त कार्यक्रम लाई सफल बनाउनको लागि शिवानगर स्वास्थ्य चौकीको अगुवाई मा आज कृष्णनगर नपा वडा नं १ लाई पूर्ण खोप वडा घोषणाको लागि गाउं गाउं घर घरमा पुगी घरधुरी सर्वेक्षण कार्य गरेका छन ।

उक्त सर्वेक्षण कार्यमा शिवानगर स्वास्थ्य चौकी प्रमुख पार्वती शर्मा, सिअनमी कमला उपाध्याय, अहेवा राकेश पाठक, सुआहारा का पालिका पोषण सहजकर्ता पृथीपाल तेली को टोली रहेका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.