कृष्णनगरमा उपभोक्ताको मनोमानी, बाली समेत किसानको खेतबाट जेसिबीले माटो निकाल्दै ।

0
Quantam abroad studies

निरहु यादव , २ फाल्गुन

कृष्णानगर नगरपालिका वडा नं १० हुलाकी सडक जोडिएको औरहवा मोड देखि बसुवरिया हुँदै आरटीओ सम्म नगरपलिका को बजेट बाट सडकको स्तरउन्नति हुने भएको छ ।

बाटो मर्मत गर्ने मापदण्ड स्थानीयलाई नदेखाइ मनोमानी ढंगले जेसिबिद्वारा स्थानीय किसानहरुले लगाएको बाली समेत खनेर खेती बाट माटो पटान सुरु गरेपछि कृषकहरु बिरोध गरि काम रोकेका छन। यो बिषयमा सो वार्डका अध्यक्ष बाट जानकारी लिदा आफुलाई केही थाहा नभएको , उपभोक्ता समिति ले आफ्नो मनोमानी ढंगले निर्माण कार्य सुरु गरेको बताउनुभयो ।

sahani furniture udyog

सो बिषयमा उपभोक्ता समितिको अध्यक्ष इसराइलसँग बुझ्दा काम सुरु हुने दिनदेखि आफू नरहेकोले अलि बिवाद आएको हो तर अब सुरु हुनेछ र आफुहरु कसैको खेत नखनिएको बताए , सडकको क्षेत्र कायम गर्नको लागि जेसिबिबाट चिनो मात्र लगाएको बताए । औरहवाको मोड देखि सुरु गरिएको सडक बजेट जहाँ सम्म त्यहाँ सम्म बनाउने माटो बाहिरबाट ल्याएर ग्रेबल पनि गर्ने हो बजेट मात्र २० रहेको उपभोक्ता समिती का अध्यक्षले बताए ।

एक जना स्थानिय किसानको भनाई अनुसार हामीले मेहनत गरि लगाएको बाली उपभोक्ता समिती ले मनमानी गर्दै गुंडा गर्दी को शैलीमा खेतमा जेसीबी लगाएर बाली सहित खेतको माटो निकालेर बर्बाद गरिएको छ र त्यो स्थलगत निरीक्षण गरेर हेर्न पनि सकिन्छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.