हात्तीपाईले बिरामी व्यावस्थापन नक्साङ्कन तथा अपङ्गता राेकथाम सम्वन्धि १ दिने तालिम सम्पन्न ,

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ

हातिपाईले बिरामी व्यावस्थापन नक्साङ्कन तथा अपाङ्गता सम्वन्धि एक दिने तालिम सञ्चालन भएको हाे ।

बझाङ जिल्लाकाे स्वास्थ्य कार्यालय बझाङमा अाज एक कार्यक्रमका विच एक दिने अभिमुकरण तालिम सञ्चालन गरिएको हाे । राष्ट्रिय हात्तीपाईले राेग निवारण कार्यक्रम अन्तरगत सिमखेतमा विभिन्न स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरुलाई तालिम दिएको जनाएको छ ।

sahani furniture udyog

विगत लामो समय देखि हात्तिपाईले राेग सम्वन्धि औंषधि खुवाउदै आएपनि यस बर्ष भने ६ चरणमा अाैषधि खुवाईएर सम्पन्न भएको कार्यक्रमलाई सरकारले समुदायमा फरक रुपमा हेर्ने कार्यक्रम रहेकाे प्रमुख भानुभक्त जाेशी ले बताए । छैटौं चरणमा खुवाए यस बर्ष भने सरकारले पहिला स्वास्थ्य प्रमुख लाई तालिम दिदै यसपछि स्वास्थ्य स्वयंसेवकहरुलाई तालिम दिएर अझै स्थानीय स्थरमा कुनै व्याक्तिमा भए नभएको पत्ता लगाउने र समुदायमा सवेर्क्षेण गरि समुदायमा देखापरे अाैषधि गर्ने सम्वन्धित व्याक्तिलाई के के व्यावस्थापन गर्न सकिन्छ सबै पूरा गर्ने कार्यक्रम रहेको किटजन्य राेगका फाेकलप्रसन नारायण जाेशीले बताए ।

आज भएको कार्यक्रम भने स्वास्थ्य कार्यालय बझाङकाे सभा हलमा सुरु भएको थियाे । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका हेमराज जाेशी, एमडिजिपी डाक्टर प्रमाेद भट्ट ,डाक्टर सन्दिव ओखेडा , हरि भट्ट ले प्रशिक्षण गर्नुभएको कार्यक्रम भने आयोजक सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले गरेको थियाे ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.